विद्यार्थीलाई पढाइसँगै सिप सिकाउँदै विद्यालय

विद्यार्थीलाई पढाइसँगै सिप सिकाउँदै विद्यालय
सुन्नुहोस्

गुल्मी : गुल्मीको एक विद्यालयले विद्यार्थीलाई पठनपाठनसँगै व्यावहारिक सीप सिकाउन थालेको छ। जिल्लाको सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसहित व्यावहारिक सीप सिकाउन थालेको हो। 

नेपाली समाजबाट लोपोन्मुख हुन थालेको परम्परागत सीप र संस्कृतिको जगेर्ना गर्नका लागि विद्यालयले  उद्देश्यले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त समयमा दुना–टपरी बनाउने तालिम सञ्चालन गरिरहेको छ। 

बजारमा आधुनिक भाँडा भित्रिएपछि धार्मिक कार्यहरूमा प्रयोग हुने सालको पातबाट निर्माण गरिने दुना–टपरी हराउँदै गएका छन्। यी र यस्ता परम्परागत संस्कृतिको ज्ञान,सीप र मौलिक संस्कृतिको संरक्षण गर्न सिद्धबाबा माध्यमिक विद्यालयले सीप नै सिकाउन सुरु गरेको छ।

पछिल्लो समय समाजबाट नेपाली कला,संस्कृति हराउन थालेपछि यसको संरक्षण गर्न विद्यालयमा विद्यार्थीलाई दुना–टपरी बनाउने तालिम दिन थालिएको विद्यालयले जनाएको छ। विद्यार्थीलाई सालको पातबाट दुना–टपरी बनाउने तालिमले कला संस्कृतिको संरक्षणमा थप टेवा दिएको कतिपय बताउँछन्। 

सालको पातबाट तयार गरिएको दुना–टपरी शुद्ध मानिने भएकाले धार्मिक कार्यमा बढि प्रयोग हुन्छ। दुना–टपरी बनाउने तालिम र यसको महिमाबारे पाएको जानकारीले आफूहरू उत्साहित बनाएको विद्यार्थीहरू बताउँछन्। 

अतिरिक्त समयमा पाएको तालिमले आफूहरू पढाइमा उत्साह र सीपमा अब्बल बनाएको विद्यार्थी बताउँछन्। विद्यार्थीले विद्यालयबाट पाएको शैक्षिक ज्ञान र व्यावहारिक सीप सिक्ने सामाजिक क्षेत्रको सुधारमा सहयोग मिल्ने  अपेक्षा लिइएको छ। 

विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै गाउँका विभिन्न कलासंस्कृति बारे जानकारी र उनीहरूलाई सीप सिक्न उक्त तालिमले केही मद्दत पुर्‍याएको विद्यालय प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए। “पहिले गाउँमा हुने विवाह र धार्मिक कार्यमा दुना–टपरी निकै प्रयोग हुन्थे तर,अहिले बजारमा आएका आधुनिक भाँडाका कारण पातका सामाग्री देख्नै मुस्किल पर्छ”, प्रधानाध्यापक श्रीसले भने, “आजभोली नेपाली कला संस्कृति समाजबाट लोभ हुँदै गएको छ, यसको जगेर्ना र संरक्षण गर्न हामीले विद्यालयमै विद्यार्थीलाई सीप सिकाइरहेका छौं।” 

गुणस्तरीय शिक्षा र राम्रो नतिजाका कारण सिद्धबाबा माध्यमिक विद्यालयले जिल्लामै राम्रो पहिचान बनाएको छ। अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङका विभिन्न विषयहरू समेत पढाइ हुँदै आएको छ। 

जिल्लामै पहिलो पटक उक्त विद्यालयले व्यवस्थापन तर्फ होटल म्यानेजमेन्ट पढाइ सुरु गरेको छ। अहिले ५६ जना विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका छन्। विद्यालयले विद्यार्थीको माग र आवश्यकता अनुरूप विभिन्न विषयमा पठनपाठन गराइरहेको छ। जसले गर्दा विद्यार्थीको रोजाइमा परेका विषय अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले शिक्षासँगै व्यवहारिक ज्ञानलाई पनि विशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको प्रधानाध्यापक श्रीसले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.