कांग्रेस महासमिति बैठकमा ६० प्रतिशत नेताले बोल्ने

कांग्रेस महासमिति बैठकमा ६० प्रतिशत नेताले बोल्ने
सुन्नुहोस्

काठमाडौं :  नेपाली कांग्रेसको भोलिदेखि सुरु हुने महासमिति बैठकको मिडिया व्यवस्थापन गर्न मिडिया सेन्टर स्थापना गरिएको छ। महासमितिबारे सूचना र जानकारी दिने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको कांग्रेसको केन्द्रीय सदस्य एवं  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। महासमिति बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन्। 

प्रचार विभाग प्रमुख  विश्वकर्माले महासमितिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए।  उनले महासमिति बैठकले पार्टीको समयसापेक्ष नीति तय गर्ने जानकारी दिए।

नेता विश्वकर्माले महासमिति बैठकमा फागुन ४ गते केन्द्रीय कार्य समिति बैठकबाट अनुमोदन भएर आएका पाँचवटा प्रतिवेदनमाथि छलफल हुने बताए।  उनका अनुसार  पार्टी उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबाट नेपाली कांग्रेसको नीति प्रस्ताव,महामन्त्री गगनकुमार थापाबाट सांगठनिक प्रस्ताव,महामन्त्री विश्वप्रकाश शर्माबाट समसामयिक प्रस्ताव,पार्टीका प्रवक्ता एवं केन्द्रीय सदस्य तथा अर्थमन्त्री डा.प्रकाशशरण महतबाट नेपालको वर्तमान आर्थिक अवस्था संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक केन्द्रीय सदस्य श्यामकुमार घिमिरेद्वारा लेखा परीक्षण प्रतिवेदन पेश हुने र ती प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ।

यसपटक महासमितिको बैठक विगतको भन्दा फरक ढंगले सम्पन्न गर्ने बताउँदै ६० प्रतिशत सदस्यहरूले बोल्न पाउने सम्भावना रहेको उनको भनाइ छ।

नीति अधिवेशनको रुपमा सम्पन्न हुने महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले  वर्तमान राजनीतिक परिवेशलाई उचितरुपले सम्बोधन गर्दै  व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनतामाझ कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो काम गर्दछ भन्ने कुरा थप विश्वास दिलाउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.