हाँडीका टुक्राझैं जोडेर बनाएको गठबन्धनले देश अगाडि बढाउँदैन : ओली

हाँडीका टुक्राझैं जोडेर बनाएको गठबन्धनले देश अगाडि बढाउँदैन : ओली
सुन्नुहोस्

सुखड (कैलाली) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटेका हाँडीका टुक्राहरू जोडेझैं बनाएको गठबन्धनले देशलाई अगाडि बढाउन नसक्ने बताएका छन्। 

कैलालीको सुखडमा नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘फुटेका हाँडीका टुक्राहरू जस्तै विभिन्न जोडजाम गरेर बनेको गठबन्धनबाट देश अगाडि बढ्दैन’, ओलीले भने, ‘त्यो यतै चुडिन्छ त्यतै चुडिन्छ।’ 

उनले आफ्नो कार्यकालमा सुरुवात भएका धेरै योजनाहरू अहिलेको सरकारले अगाडि बढाउन नचाहेको आरोप लगाए। ‘एकै पटक ७ सयभन्दा अस्पतालको शिलान्यास गरिएको थियो। त्यो मैले नै गरेको थिएँ। मैलै एक पटकमा ढाई सय भन्दा बढी सडकहरूको एकै दिन शिलान्यास गरेको थिए। तर अहिले ती योजनाहरूमा बजेट नहालेर अलपत्र पारिएका छन्’, ओलीले भने। 

 
उनले वर्तमान सरकारले देखिन लायकको कुनै योजना बनाउन नसक्ने बताए। ‘अहिलेको सरकारले कुनै नयाँ योजना बनाएको छैन। तीन वर्षमा विकास कस्तो हुन्छ, हामीले देखाइदिएका थियौं। विदेश जानेको संख्या १२ प्रतिशतले कम भएको थियो। देशमै केही गर्न सकिन्छ भन्ने भावनाको विकास हुँदै थियो। तर अहिले विदेश जानेको लर्को लागेको छ। हामीले बनाएका नमुना कामहरूमा खोट लगाएर बहाना बनाइँदैछ’, उनले भने।

अहिलेको सरकारले घर बनाउन नसक्ने अनि अरूले‍ बनाएको घरमा झ्याल मिलेन, ढोका मिलेन, चुक्कुल मिलेन, बार्दली मिलेन भनेर बहाना बनाउने गरेको उनको आरोप छ। ओलीले नेकपा एमाले राष्ट्रिय शक्ति भएको र राष्ट्रिय शक्तिले देश चलाउन नपाएका कारण अहिले यस्तो अवस्था आएको बताए। 

उनले कैलालीको जिल्ला अधिवेशनमा आफ्नो कुनै पनि उम्मेदवार नभएको बताए। ‘मेरो कुनै पनि उम्मेदवार छैनन्। सबै उम्मेदवार मेरा हुन्। सकेसम्म सहमति गर्नुहोस्, हुँदैन भने लोकतान्त्रिक पद्धतिमा जानुस्। अधिवेशन लम्ब्याउने होइन, सकिन्छ आजै राति हुन्छ सक्नोस्, हुँदैन भने भोलि सबै सक्नुस्’, ओलीले भने। 

उनले कैलालीमा अबको मिसन ८४ मा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका सबै १० सिट नेकपा एमालेलाई जिताउने प्रतिनिधि आउनुपर्ने बताए। उनले मिसन ८४ चुनावदेखि चुनावसम्म लागि मात्र नभएर जनताको जीवनमा परिवर्तन ल्याउनका लागि भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.