झापामा अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, दुई जना घाइते

झापामा अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, दुई जना घाइते
सुन्नुहोस्

झापा : झापामा अटोले दुईवटा साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-८ स्थित सम्झना चौकमा आइतबार साँझ ६:५० बजेको समयमा मे १ ह ५८०५ नम्बरको अटोले ठक्कर दिँदा साइकलमा सवार शिवसताक्षी-८ की ९ वर्षीया शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा शीतलका बुवा दिलीप श्रेष्ठ र उनका दिदी ११ वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन्। एउटा साइकलमा शीतल र उनका बुवा दिलीप सवार थिए भने अर्को साइकलमा गोमा सवार रहेकी थिइन्। पछाडिबाट आएको अटोले दुवै साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते बुबा छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार अटो चालक शिवसताक्षी-८ का ५२ वर्षीय पूर्णबहादुर भट्टराई मदिराले लट्ठ भएर मातेका थिए। अटो र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.