मोरङबाट ब्राउन सुगरसहित युवक पक्राउ

मोरङबाट ब्राउन सुगरसहित युवक पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित प्रहरीले आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ। 

घरबाटै ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले केराबारी गाउँपालिका–१० बगैंचाबाट २५ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको हो। तामाङको घरमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सइ विकास खत्री नेतृत्वको र कोशी प्रदेश अनुसन्धान समूहबाट खटिएको संयुक्त टोलीले दिउँसो ३ बजेतिर छापा हानेको थियो। 

छापा हान्दा तामाङको घरबाट १.४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार घरबाटै लागूऔषधको किनबेच भइरहेको विशेष सूचनाका आधारमा उनको घरमा छापा मारिएको हो।  

खैरो हेरोइनजस्तो देखिने पदार्थ, नगद १४ हजार ४ सय ७० रुपैयाँ र २ वटा मोबाइलसहित तामाङलाई पक्राउ गरिएको दाहालले बताए। इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको उनको भनाइ छ। तामाङविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने डीएसपी दाहालले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.