कांग्रेसप्रति किन आशा जागेन ?

कांग्रेसप्रति किन आशा जागेन ?
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कांग्रेसका युवा नेताहरू पार्टीप्रति युवा पंक्ति आकर्षण नभएकोमा चिन्ता व्यक्त गर्छन्। पार्टीले सही नीति र नेतृत्व लिनसके मात्रै युवामा आकर्षण देखिने उनिहरूको तर्क छ।

‘राजनीतिप्रति नै युवाको आकर्षण होइन, असन्तुष्टि बढ्दो छ,’ युवा नेता भुपेन्द्रजंग शाही भन्छन्, ‘कांग्रेसले रूखमा मत हाल्न दिन्न। अरूमा भोट हाल्न लगाएपछि ती युवा कसरी कांग्रेसमा रहन्छन् ? एकपटक अरू चिन्हमा भोट हालिसकेपछि कांग्रेसप्रतिको मोह नै भंग हुन जान्छ।’ युवा नेता गुरु घिमिरे पनि पार्टीले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बेला आएको बताउँछन्। सरकारको कार्यसम्पादन मूल्यांकन, पार्टीको १४औं महाधिवेशनदेखि हालसम्मको समयको विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। 

कांग्रेसका अर्का युवा नेता नैनसिंह महर महासमिति बैठकमा कांग्रेसको आन्तरिक जीवन,  अर्थतन्त्रको अवस्था, संविधान कार्यान्वयनदेखि चुनावमा एक्लै लड्ने लगायतका विषयमा छलफल गर्नुपर्ने बताउँछन्। ‘बलियो जनताको पार्टी बनाउनका लागि भ्रष्टाचार, सुशासनको कुरा, पार्टीभित्रका आन्तरिक विषय, शिक्षा स्वास्थ्यका मुद्दा, इन्धन, पर्यटनलगायतका कुरा पार्टीले के गर्न सक्छ ? छलफल गर्नुपर्छ,’ महर भन्छन्, ‘राम्रो काम गरेर जनतालाई खुसी बनाउने जिम्मेवारी कांग्रेसको हो। कांग्रेसप्रति जनताको अपेक्षा एकदमै बढी छ।’

नेता श्याम घिमिरे कांग्रेस अहिले मिसनविहीन जस्तो अवस्थामा पुगेको बताउँछन्। ‘जनताका मुद्दा सुन्नभन्दा पनी राजनीतिको वरिपरि नै कांग्रेस घुमेको देखिन्छ, घिमिरे भन्छन्,’ संघीयता, समानुपातिक प्रणालीका विषयमा पुनर्विचारको विषय र हिन्दूधर्मको कुरा उठेको छ। जनताले कांग्रेसबाट अपेक्षा गरेका छन्। यी मुद्दामा कांग्रेसले मौनता सांधिरहे, भोलि अरू कसैले यसको नेतृत्व लिन सक्छ।’

सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय पार्टीका हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने विषय उठाउनुपर्ने बताउँछिन्। ‘आर्थिक, सामाजिक लगायतका क्षेत्रमा असमानता छन्,’ उपाध्यायले भनिन्, ‘भोलिको बाटोमा कांग्रेसले हिजो गरेको परिवर्तनका उपलब्धिलाई अर्थपूर्ण प्रयोग गर्न सक्यो, सकेन। त्यसलाई सुधारात्मक बाटोमा लैजाने प्रयास गर्नुपर्छ।’  

कांग्रेसले आफनै विधिविधान मान्ने हो भने २०८२ सालमा महाधिवेशन गर्नुपर्ने डा. पोख्रेल बताउँछन्। ‘अहिलेको अवस्थाले अनावश्यक रूपमा धेरै नेता उत्पादन गरेको छ,’ उनी भन्छन्, ‘केन्द्रदेखि वडासम्मका समिति चुस्त, चलायमान बनाउनुपर्छ। त्यसका लागि साना र छरिता संरचना बनाउनुपर्छ। मिटिङ गर्नै नसकिने वा मिटिङ बस्नै नसक्ने समिति बनाएर के गर्ने ?’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.