गणतन्त्रको स्थापना र वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति हो : राष्ट्रपति पौडेल

गणतन्त्रको स्थापना र वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति हो : राष्ट्रपति पौडेल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको स्थापना र वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण जग २००७ सालको क्रान्ति भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै पौडेलले फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित रहेको बताएका हुन् ।

‘वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं ।’शुभकामना सन्देशमा भनिएको छ, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्न ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्‌भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ  । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’

उनले आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यताहरू अवलम्वन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि  भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबै प्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.