अन्नपूर्णकर्मी बुढाथोकीलाई साहसिक पत्रकारिता पुरस्कार

अन्नपूर्णकर्मी बुढाथोकीलाई साहसिक पत्रकारिता पुरस्कार
सुन्नुहोस्

धरान : अन्नपूर्ण पोस्टका पत्रकार किशोर बुढाथोकीलाई साहसिक पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ। नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित प्रदेश खबर डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा सोमबार उनलाई उक्त पुरस्कार प्रदान गरिएको छ। 

बुढाथोकीलाई कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले ११ हजार १५१ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिन्। बुढाथोकी अन्नपूर्ण पोस्टका कोशी ब्युरो प्रमुख हुन्।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि काम गरिरहेका कृष्ण आचार्य (खोटाङ), हर्ष सुब्बा,कृष्णविनोद लम्साल(सुनसरी), सञ्जयसन्तोषी राई (धनकुटा), शिवबहादुर कार्की (मोरङ), कौशल चेम्जोङ (उदयपुर) र चन्द्र भण्डारी (झापा)लाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ। 

त्यस्तै फोटो पत्रकारिता पुरस्कार  राससका प्रदीपराज पन्त,उत्कृष्ट पत्रकारिता पुरस्कार सुरेन्द्र भण्डारी (झापा),सिर्जनशील पत्रकारिता पुरस्कार विवेक रेग्मीलाई प्रदान गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.