टाउको काटेर गाडेको अवस्थामा युवकको शव फेला

टाउको काटेर गाडेको अवस्थामा युवकको शव फेला
सुन्नुहोस्

कपिलवस्तु : हत्यापश्चात जलाएर गाडिएको अवस्थामा युवकको शव फेला परेको छ। कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँदेखि दक्षिण तर्फको नहरको कुलोमा शव फेला परेको हो। शवको टाउको नरहेको र बाँकी शरीर कुलोमा खाल्टो खनेर गाडेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। 

नहरमा गाडिएको सो शवको घुँडाको भाग मात्र देखिएको थियो। अन्यत्रै हत्या गरी टाउको काटेर कुलोमा खाल्डो खनी गाडिएको प्रहरी नायब उपरीक्षक वलीले बताए। निलो मोटो जिन्सको जकेट लगाएको, हातमा रक्षा सुत्र डोरी बाँधेको करीब २५ वर्षीय युवकको शव रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। पोष्टमार्टमका लागि शव बुटवल पठाइएको प्रहरीले जनाएको छ।  

शव फेला परे लगत्तै तालिम प्राप्त कुकुर, विशेषज्ञ मेडिकल चिकित्सक, सरकारी वकिल लगायतको टोली सो स्थानमा पुगेको थियो। हत्यामा संलग्न रहेकाहरूको पहिचान गर्न सो क्षेत्रमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ। घटना बारे सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। केही दिनअघि घरबाट हराएका एक युवकको परिवार सम्पर्कमा आएको र उनीहरुलाई शव पहिचानका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.