करिडोरको बाटो खुलेसँगै तमोर गढमा सुरक्षा पोस्ट स्थापना गर्न माग

करिडोरको बाटो खुलेसँगै तमोर गढमा सुरक्षा पोस्ट स्थापना गर्न माग
सुन्नुहोस्

धनकुटा : तमोर गढमा सुरक्षा पोस्ट स्थापना गर्न स्थानीयले माग गरेका छन्। तमोर करिडोरको ट्रयाक खुलेसँगै पछिल्लो समय तमोर गढमा बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गएपछि यहाँका स्थानीयले सुरक्षा पोस्ट स्थापनाको माग गरेका हुन्। 

करिडोरको प्रस्थान विन्दु मुलघाटदेखि धनकुटा र पाँचथरको सीमा क्षेत्र नावा खोलासम्म कुनै पनि सुरक्षा पोस्ट छैन। मुलघाट देखि नावा खोलासम्मको दूरी २८ किलोमिटर छ। यो क्षेत्रमा साँगुरीगढी गाउँपालिकाको कुसेटार, चौविसे गाउँपालिकाको सदामटार, हंशमोरङ, फलामेटार, भैसेटार, डिहीटार गाउँ पर्दछन्। पछिल्लो समय तमोर करिडोरको सडक कालोपत्रे हुन थालेपछि यहाँ सवारी साधनको अत्यधिक चाप रहेको छ। 

null

धनकुटासहित पाँचथर, ताप्लेजुङ, तेह्रथुमका विभिन्न स्थानमा गुड्ने सवारी साधन यसै करिडोर हुँदै गुड्ने गर्छ। दैनिक सयौं सवारी साधन आवतजावत गर्छन्। यस क्षेत्रमा केही दुर्घटना तथा घटना भए मुढेवास र डाँडाबजारमा रहेको प्रहरी चौकीसम्म पुग्नु पर्ने बाध्यता छ। भौगोलिक हिसाबले यो यी चौकी तमोर गढदेखि ४/५ घण्टाको पैदल दूरीमा रहेको 

सुरक्षाको दृष्टिकोणले यस क्षेत्रमा सुरक्षा चेक पोस्ट राख्न अति आवश्यक भएको स्थानीय साँगुरीगढी गाउँपालिका-३ कुसेटारका स्थानीय खेलबहादुर न्यौपानेले बताए। तमोर करिडोरको यो क्षेत्रमा पछिल्लो समय होटल तथा अन्य व्यवसाय खुल्ने क्रम बढ्दो छ। जसको कारण आर्थिक गतिविधि बढाएको छ। व्यापारी तथा व्यवसायको संरक्षणका लागि राज्यले तमोर करिडोरमा तत्काल सुरक्षा पोस्ट स्थापना गर्नुपर्ने फलामेटारमा छथर होटल सञ्चालन गर्दै आइरहेका होटल व्यवसायीको भनाइ छ। 

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले यो क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षकर्मीको उपस्थिति गराउन माथिल्लो निकायमा सिफारिस गरेर पठाएको बताए। त्यो निर्णय नभएसम्म जिल्ला तहबाट निर्णय गरेर तथा स्थानीय तहसँगको समन्वयमा अस्थायी प्रहरी पोस्ट राख्ने काम अघि बढाउने प्रजिअ पौडेलको भनाइ छ।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.