पञ्चकोटमा बृहत् ब्रह्माण्डीय महायज्ञ

पञ्चकोटमा बृहत् ब्रह्माण्डीय महायज्ञ
सुन्नुहोस्

बागलुङ : बागलुङको धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोटमा बृहत् ब्रह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। 

स्वामी कमलनयनाचार्यको अगुवाइमा फागुन ९ गतेदेखि २३ गतेसम्म १५ दिन सञ्चालन हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० को तयारी अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलन गरेर जनाइएको छ। महायज्ञको फागुन ९ गते ९ वर्षका १०८ कन्याहरूबाट उद्घाटन हुने उनले बताए। 

महायज्ञका मूल संयोजक मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यले महायज्ञमा १५ दिनसम्म विभिन्न कार्यक्रम र सम्मेलन गरिने जानकारी दिए। महायज्ञ सञ्चालन हुने हरेक दिन फरक–फरक कार्यक्रम हुनेछन्। पहिलो दिन फागुन ९ गने जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलन हुनेछ। फागुन १० गते पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ। फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ।

फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्धति कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग तथा खेल सम्मेलन, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास सम्मेलन हुने भएको मूल संयोजक कमलनयनाचार्यले बताए। यस्तै, फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ। फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारिता सम्मेलन, फागुन २२ गते प्राकृतिक स्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते बैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थलको संरक्षणसम्बन्धी सम्मेलनसमेत हुने भएको संयोजक कमलनयनाचार्यले बताए। उनले महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चलसमेत गर्न लागेको बताए।

ब्रह्माण्डी महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलोपटक हुन लागेको उनले जानकारी दिए। ‘मेरो जानकारीमा भएसम्म यस्तो खालको यज्ञ नेपालमा भएको छैन,’ उनी भन्छन्, ‘महायज्ञको अध्यक्ष भगवान् मुक्तिनाथ, संरक्षक भगवान् पशुपतिनाथ, आह्वानकर्ता भगवान् बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदीबहिनी रहनेछन्। यो एउटा अद्भुत संयोग रहनेछ।’ 

ब्रह्माण्डीय महायज्ञ केवल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताए। ‘जल र गौ जोगाउन सक्यौं भने नेपाल समृद्ध हुन्छ,’ उनले भने, ‘यो महायज्ञ मात्र होइन। यो ब्रह्माण्डीय महायज्ञ हो। यहाँ जल, ऊर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका बारेमा सम्मेलन हुनेछन्।’ १५ दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ। पञ्चकोटमा विश्वशान्ति कलश निर्माणका लागि २०७१ सालमा शिलान्यास भए पनि काम पूरा हुन सकेको छैन। १५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी हामी कलश निर्माण भइरहेको छ। कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको उनले बताए। ‘४० फिट तलबाट कलशका लागि फाउन्डेसनको काम भइसकेर एक तला ढलान भइसकेको छ,’ उनले भने, ‘यो नेपालमै पहिलोपटक विश्वशान्तिको सन्देश कालीगण्डकीको तटबाट सन्देश प्रवाह गर्नेगरी काम गर्दैछौं।’

५ हजार ५ सय ५५ केजीको महाघण्ट तयार भएर पञ्चकोटमा आइपुगेको छ। उक्त महाघण्ट महायज्ञकै अवसरमा फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्ने संयोजक कमलनयनाचार्यले बताए।

पञ्चकोटमा अहिलेसम्म ५० करोड बढीको पूर्वाधार तयार भइसकेका छन्। २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरूप धारण गरेको छ। शिश महल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला लगायतका संरचनाहरू पञ्चकोट विकास परिषद्का प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले बताए। उनले गरुडनारायणको मन्दिर, हनुमानको मूर्ति स्थापना, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापन लगायका कामहरू सम्पन्न भइसकेको बताउँदै विशेष गरी ठूलो भौतिक र धार्मिक संरचनाहरू ताराजालकोट रहेको ठाउँमा निर्माण भइरहेका जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.