झापामा ब्राउन सुगरको कारोबार गर्ने चार जना पक्राउ

झापामा ब्राउन सुगरको कारोबार गर्ने चार जना पक्राउ
सुन्नुहोस्

झापा : झापाको अर्जुनधारामा लागु औषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका– ११ का ३७ वर्षीया शोभा श्रेष्ठले ब्राउन सुगरको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारि र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सोमबार राती सवा ८ बजेको समयमा उनको घरमा छापा मारेको थियो। 

प्रहरीले घर खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा ससाना पोका बनाइएको तीन पोका ब्राउन सुगर, ११ थान मोबाइल, नगद ३७ हजार रुपैयाँ, ४ थान पुराना घडी, २ थान ईयरबट, १ थान पावर बैङ्क फेला परेको थियो। 

सो घरको कोठाभित्र श्रेष्ठसँगै रहेका उनका १९ वर्षीय छोरा गोविन्द श्रेष्ठ, १८ वर्षीया बुहारी सन्ध्या चौधरी श्रेष्ठ र इलाम सन्दकपुर गाउँपालिका–४ की २४ वर्षीया पलबी गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। 

श्रेष्ठको साथबाट बरामद भएको प्लास्टिकको पोका डिजिटल तराजुमा तौल गर्दा ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको र उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.