नागरिकमा निराशा

द्वन्द्वकालमा माओवादीबाट मारिएकाको आश्रित परिवारलाई रोजगारी दिनुपर्छ : कांग्रेस

द्वन्द्वकालमा माओवादीबाट मारिएकाको आश्रित परिवारलाई रोजगारी दिनुपर्छ : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वकालमा माओवादीबाट मारिएकाको आश्रित परिवारलाई रोजगारी दिनुपर्ने बताएका छन्। मंगलबार कांग्रेसको महासमिति बैठकमा नीति प्रतिवेदन पेश गर्दै रक्षा मन्त्री एवम् कांग्रेस उपसभापति खड्काले माओवादी हिंसाबाट पीडित पार्टीका हजारौँ साथीहरूको पीडा र भावनालाई पार्टीको संरचनाभित्र उचित प्रतिनिधित्व गराउने व्यवस्था मिलाइने बताएका हुन्। 

‘सशस्त्र द्वन्द्वमा पीडित बनाइएका पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक, शिक्षक तथा अन्य व्यक्तिका परिवार र तिनका आश्रितलाई भरणपोषण तथा रोजगारीको उचित व्यवस्था गर्ने नीति अवलम्बन गरिने छ।’ नीति प्रतिवेदनमा भनिएको छ,‘माओवादी हिंसाबाट पीडित पार्टीका हजारौँ साथीहरूको पीडा र भावनालाई पार्टीको संरचनाभित्र उचित प्रतिनिधित्व गराउने व्यवस्था मिलाइने छ।’ 

null

उनले हिंसात्मक द्वन्द्वबाट पीडित निर्दोषहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनहरूको प्रतिकूल नहुने गरी न्यायिक निरूपण गरिने प्रतिवेदनमा उल्लेख गरेका छन्। नीति प्रस्तावमा भनिएको छ, ‘माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर विना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित निर्दोषहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनहरूको प्रतिकूल नहुने गरी न्यायिक निरूपण गरिने छ।’

नागरिकमा निराशा 

उनले नीति प्रस्तावमा नागरिकस्तरमा निराशा बढ्दो रहेको उल्लेख गरेका छन्। आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन नसकेको कांग्रेसको दाबी छ। 

‘विविध विषम परिस्थिति तथा चुनौतीहरूका कारण नागरिकस्तरमा निराशा बढ्दो छ। द्वन्द्वग्रस्त अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काएको छ तर पनि अझै शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन्। जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक बृद्धिमा धेरै काम गरिसक्नुपर्ने थियो ’नीति प्रतिवेदनमा भनिएको छ।  

देशमा द्रुत आर्थिक विकासको अभाव रहेको कांग्रेसको ठहर छ। नीति प्रतिवेदनमा भनिएको छ,‘देशले स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने थियो तर विविध कारणले त्यसो हुन सकिरहेको छैन। देशमा द्रुत आर्थिक विकासको अभाव छ। आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकिरहेको छैन। नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै आशा र भरोशा कायम गरी समुन्नत मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ।’

गुणस्तरीय शिक्षा अनिवार्य शर्त

गुणस्तरीय जीवनयापनका लागि गुणस्तरीय शिक्षाको उपलब्धता अनिवार्य शर्त भएको प्रतिवेदनमा उल्लेख छ। नीति प्रस्तावमा भनिएको छ, ‘शिक्षामा निजी क्षेत्रको संलग्नताले गुणस्तरमा सुधार ल्याएता पनि असमानता बढाएको यथार्थलाई हृदयंगम गर्दै सार्वजनिक र निजी दुवै क्षेत्रको शिक्षालाई समान रूपमा गुणस्तरीय बनाउनको लागि आवश्यक नीति तय गर्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.