कुशको राजतन्त्र खडा गरेर ज्ञानेन्द्र शाह राजा भए

गठबन्धनका कारण जनताको आक्रोश र निराशा भयावह भइरहेको छ : ओली

गठबन्धनका कारण जनताको आक्रोश र निराशा भयावह भइरहेको छ : ओली
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको बताएका छन्। मंगलबार पार्टीको सातौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले दक्षिणपन्थी प्रतिक्रियावादी भित्रि र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको बताएका हुन्। 

उनले सक्कली राजतन्त्र २०५८ साल जेठ १९ गते समाप्त भएको उल्लेख गरे। राजा वीरेन्द्रको वंश विनाश गर्दा नै राजतन्त्र समाप्त भएको दाबी गर्दै उनले त्यसपछि कुशको राजतन्त्र खडा गरेर ज्ञानेन्द्र शाह केहि समय राजा भएको दोहोर्‍याए। जनताले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दामा लागेको बताए।

उनले भने,‘अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै राजनीतिक दलहरु जन्मिएका हुन्। दलप्रति युवाको वितृष्णा नयाँ जन्मिएका हुन्। जुन गठबन्धनको असफलता हो। असफलत गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेका छन्।’

null

उनले जनताको निराशा रोक्न सरकारको कुनै पहल नगरेको बताएका हुन्। उनले गठबन्धनबाट राष्ट्र र जनतापीडित रहेको दाबी गरे। उनले भने,‘एमालेका विरुद्ध झुटो लान्छना लगाउने काम वर्तमान गठबन्धनले गरिरहेको छ जुन गठबन्धनको ठूलो अपराध हो।’ओलीले भने,‘अनेक प्रकारका शक्तिहरुले खेलका छन्, धर्मका नाममा, जातका नाममा, पहिचानका नाममा, राजनीतिक सोच र पृष्ठभूमी नभएकाहरु मैदानमा देखा परेका छन्। यो देशका लागि शुभ संकेत होइन। यसको पक्षमा गठबन्धन सरकार नै लागेको छ। यसलाई पूर्न र भ्रम चिर्न एमाले लाग्नुपर्दछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.