साउदी दूतावासमा सुझाव पेटिका
साउदी : साउदीमा रहेको नेपाली दूतावास रियादले दूतावास परिसरमा नेपाली श्रमिकलाई मध्यनजर गदै सुझाव पेटिकाको सुरुवात गरेको छ ।
राजदूत नवराज सुवेदीका अनुसार साउदीमा कार्यरत नेपालीहरूले सुझाव पेटिकामा आफ्ना समस्या तथा सुझाव राख्न खुला गरिएको छ। पाइएका समस्या तथा सुझावलाई दूतावासले सम्बन्धित कर्मचारी तथा सम्बन्धित निकायसँग छलफल गरी समाधान गर्न सुझाव पेटिका प्रयोगमा ल्याइएको उनको भनाइ छ।
साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेका छन्। दूतावास रियादले साउदीमा कार्यरत नेपालीले हकहितको लागि दूतावासमा कार्यरत कर्मचारीहरूको कार्य विभाजन अनुसारको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।