गगनको निष्कर्ष : गठबन्धन गरेर चुनाव लड्दा कार्यकर्तामा विजयभाव र उत्साह देखिएन

गगनको निष्कर्ष : गठबन्धन गरेर चुनाव लड्दा कार्यकर्तामा विजयभाव र उत्साह देखिएन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुमाउरो भाषामा पार्टी एक्लैले चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले एक्लैले निर्वाचन लडेजस्तो कार्यकर्तामा विजयभाव र उत्साह नदेखिएको निष्कर्ष निकालेका छन्।

'निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो। तर, यो अनुभवले हामीलाई सिकाएको छ- निर्वाचनपूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दाजस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने रहेछ,' उनले भनेका छन्। उनले गठबन्धनलाई राजनीतिक परिस्थितिजन्य बाध्यता भएको उल्लेख गरेका छन्। तर कार्यकर्ताले गठबन्धनलाई वैचारिक क्षयीकरणको रूपमा बुझेको उनको भनाइ छ।

'नेपाली कांग्रेस पार्टीका निम्ति निर्वाचनपूर्व पार्टीले विशिष्ट परिस्थितिमा गर्नुपरेको गठबन्धन राजनीतिक परिस्थितिजन्य बाध्यता वा रणनीतिक विषय हो। तर, समर्थक र शुभेच्छुकले भने त्यसलाई कांग्रेसको वैचारिक क्षयीकरणको रूपमा बुझे र पार्टीसँग चित्त दुखाएका छन्। हामीले विशेष राजनीतिक परिघटनाले सिर्जना गरेको परिस्थितिबाट गर्नुपरेको गठबन्धन नियमित राजनीतिक घटनाक्रम होइन भन्ने कुरा बुझाउनुपर्ने आवश्यकता छ,' उनले भनेका छन्।

उनले नेता-कार्यकर्ताको भरोसा टुट्न नदिन पार्टीले रुखमै मत हाल्न पाउनुपर्ने संकल्प गर्नुपर्ने बताए। 'निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- 'हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चि गर्ने छौं,' उनले भने।

महामन्त्री थापाले कांग्रेस सरकारमा रहँदासमेत कार्यकर्तामा संशय देखिएको बताए। त्यसको कठोर मूल्यांकन गर्न जरुरी रहेको उनको भनाइ छ। 'हामी आफैंले बनाएको संविधान, आफैंले परिकल्पना गरेको राजनीतिक प्रणालीमा निर्वाचनबाट पहिलो पार्टी बनेर सबै तहको सरकारमा नेतृत्वदायी भूमिकामा रहेको यो क्षणमा पार्टीभित्र ठूलो उत्साह र विजयभाव मात्र हुनुपर्ने हो, तर कताकता केही अलमल र संशय पनि देखिन्छ। किन यस्तो भइरहेको छ? यसलाई हामीले अनदेखा गर्न मिल्दैन,' उनले भने।

उनले सरकार र पार्टीबीच पनि समन्य हुन नसकेको बताएका छन्। 'सरकार र पार्टीबिचको समन्वय गर्ने कुरा जतिसुकै सैद्धान्तिक तवरबाट हामीले गरेपनि त्यसमा सधैं कमी नै देखियो। अब यसलाई व्यवस्थित गर्नुपरेको छ ताकि भोली यो अवस्था नआओस्,' उनले भनेका छन्। 

प्रतिवेदन पढ्नुस्:

उनले जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने वा स्थानीय, प्रदेश र संघीय सरकारमा कार्यकारी भूमिकामा जिम्मेवारी लिन चाहानेहरूलाई जिम्मेवारीसँग जोडिएको आधारभूत तथा विषयगत ज्ञान, सिप र नेतृत्व विकासका लागि निर्वाचन भन्दा ६ महिना अगाडि अनिवार्य कक्षा लिनुपर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.