महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि ४ वटा हलमा छलफल हुने

महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि ४ वटा हलमा छलफल हुने
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि बुधबार छलफल हुनेछ। त्यसको लागि महासमिति प्रतिनिधिलाई प्रदेशगतरूपमा विभिन्न समूहमा विभाजन गरिनेछ। 

गोदावरी सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगतरूपमा छलफल हुनेछ। गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा बागमती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव मागि सुझाव दिन बैठक छलफल गर्नेछन्। केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन्।

सोमबारबाट सुरु भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.