मोटरसाइकलको पछाडि सवार पुरुषको दुर्घटनामा मृत्यु

मोटरसाइकलको पछाडि सवार पुरुषको दुर्घटनामा मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचामा मंगलबार पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मोटरसाइकलको पछाडि सवार रहेका एक जना पुरुषको मृत्यु भएको छ। 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा नम्बर प्लेट नखुलेको सवारीसाधनले को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। मोरङको बेलबारीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार सुन्दरहरैँचा–७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको हो। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा दिउँसो ४:४० बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए। उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय सुन्दर बुढाथोकी पनि घाइते भएका छन्। 

टाउको, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका बुढाथोकीको नोबेलमै उपचार भइरहेको छ। ठक्कर दिने सवारीसाधन दुर्घटनालगत्तै फरार भएको प्रहरीको भनाइ छ। उक्त सवारीसाधनको पहिचान र खोजीका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ। ‘केही शंकास्पद सवारीसाधन हाम्रो निगरानीमा छन्,’ प्रहरी स्रोतले भन्यो, ‘थप विषयमा प्रष्ट हुनका लागि यातायातलाई लेखेर पठाइएको छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.