बालबालिकामा चुकेको राज्य

बालबालिकामा चुकेको राज्य
सुन्नुहोस्

विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि भर्ना अभियान चल्छ । अभियानस्वरूप लाखौं बालबालिका विद्यालयमा भर्ना पनि हुन्छन् । त्यसरी भर्ना भएका विद्यार्थी कति नियमित विद्यालय जान्छन् भन्ने चाहिँ अर्काे प्रश्न छ । भर्ना नै नहुने स्थिति बदलेर भर्ना गराउनु वा विद्यालय पु¥याउनु पहिलो कदम सही हो । त्यति प्रयासले मात्रै मुलुकमा शिक्षाको उज्यालो बाल्न सकिन्न । किनभने विद्यालय भर्ना भएका विद्यार्थी नियमित विद्यालय जाँदैनन् मात्रै होइन, शिक्षालाई निरन्तरता दिएर माध्यमिक शिक्षा पूरा गर्दैनन् । यस्तो प्रवृत्ति देशैभरि छ । एसईई परीक्षा दिने विद्यार्थीको संख्या चार लाख हाराहारी हुन्छ जब कि कक्षा एकमा त्यसको तेब्बरभन्दा बढी विद्यार्थी भर्ना भएका हुन्छन् । त्यो भने भर्ना भइसकेपछि बीचैमा छाड्नेको संख्या डरलाग्दो छ । झन् कर्णाली, सुदूरपश्चिम र मधेस धेरै ज्यादा छ । मधेसका ८ जिल्लामा ३ लाख ९१ हजार बालबालिका विद्यालयको पहुँच बाहिरै छन् ।

जब बालबालिका विद्यालय जाँदैनन्, देशले साक्षर नागरिक पाउँदैन, शिक्षित नागरिक पाउँदैन । त्यसमाथि आधारभूत शिक्षा भनेको नागरिकको मौलिक अधिकार हो, जसको सुनिश्चितता संविधानले समेत गरेको छ । संविधानले दिएको हक दिलाउने कर्तव्य राज्यको हो । तर आफैं विद्यालय आउनेबाहेकका हकमा राज्य चुकेको छ । त्यसैले लाखौंलाख बालबालिका अझै पनि शिक्षाविमुख छन् । मधेसमा गरिबी चर्काे छ, बेरोजगारी गहिरो छ । त्यसको प्रत्यक्ष प्रभाव शिक्षामा प्रतिविम्बित हुन्छ । अभिभावक सन्तान विद्यालय पठाउनभन्दा घर र घर बाहिरको कामधन्दामा लगाउन बाध्य छन् । जबकि बालश्रम आफैंमा बर्जित पनि छ । सिद्धान्त र व्यवहार फरक हो भन्ने भनाइ यहाँ चरितार्थ बनेको छ ।

संघीय सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अध्ययन प्रतिवेदनले मधेसका ४ देखि १७ वर्ष उमेरसमूहका तीन लाखभन्दा बढी बालबालिका 

विद्यालय बाहिरै रहेको देखाउँछ । त्यसो त प्रदेश सरकार आफैंले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानसमेत चलायो । तर यो अभियानसमेत आफैं भ्रष्टाचारको दलदलमा फस्यो । विद्यालय शिक्षाको दायित्व संविधानले पालिकाहरूलाई सुम्पिएको छ । पालिकाहरूले शिक्षामा ध्यान पु¥याउनुपर्ने जति पु¥याउन सकेका छैनन् । कतिपय सन्दर्भमा त्यो पालिकाहरूको बुताको बात पनि हुँदैन । तसर्थ आधारभूत शिक्षा उपलब्ध गराउने दायित्वमा प्रदेश र संघले पनि ध्यान दिनुपर्छ । लगानी गर्नुपर्छ । योजनाबद्ध ढंगले पालिकाहरूलाई सघाउनुपर्छ । त्यसो भए मधेस, पहाड र हिमालका बालबालिका शिक्षाबाट वञ्चित हुँदैनन् । कोही पनि विद्यालय बाहिर पर्दैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.