नेपाललाई दोस्रो झट्का : भुर्तेल र साह आउट

नेपाललाई दोस्रो झट्का : भुर्तेल र साह आउट
फाइल तस्बिर।

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेपालको दुई विकेट लिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको हो।

सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले कुशल भुर्तेल र अनिल साहको विकेट लिएका हुन्।

नेदरल्यान्ड्ससँगको खेलमा साह र भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए। तर आज भुर्तेल ६.२ ओभरमै १६ बलमा १८ रन बनाएर बाहिरिए भने साह ६.४ ओभरमा शून्य रनमै क्याच आउट भएका हुन्। 

बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। सोमबार  भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो। 

नेपालले आज करण केसीलाई खेलाएको छ। गुलशन झालाई आज बेञ्चमा राखिएको छ।

नेपालको टोली : कुशल भुर्तेल,आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, ललित राजवंशी

बेञ्च :  गुलशन झा,आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.