काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई तेस्रो सफलता मिलेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले तीन विकेट पनि गुमाएको हो।
आठौं ओभरको अन्तिम बलमा ज्याक ब्रासेलको बलमा देव खनाललाई जेन ग्रिनले क्याच आउट गराएका हुन्। खनाल शून्य रनमै आउट भए।
त्यस अगाडि सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले कुशल भुर्तेल र अनिल साहको विकेट लिएका हुन्।
नेदरल्यान्ड्ससँगको खेलमा साह र भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए। तर आज भुर्तेल ६.२ ओभरमै १६ बलमा १८ रन बनाएर बाहिरिए भने साह ६.४ ओभरमा शून्य रनमै जेरार्ड एरास्मसको हातबाट समातिए। अहिले क्रिजमा आसिफ शेख र कुशल मल्ल रहेका छन्। नेपालले अहिले १० औं ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ।
गत बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। सोमबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले आज करण केसीलाई खेलाएको छ। गुलशन झालाई आज बेञ्चमा राखिएको छ।
नेपालको टोली : कुशल भुर्तेल,आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, ललित राजवंशी
बेञ्च : गुलशन झा,आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ