आइसीसी क्रिकेट विश्वकप लिग-२

नेपालको छैटौं विकेट पतन

नेपालको छैटौं विकेट पतन
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले छैटौं विकेट पनि गुमाएको हो।

नामिबियाका जेरार्ड एरास्मसको बलमा कुशल मल्ल आउट भएका हुन्। ५२ बलमा ३ छक्का र १ छक्कासहित ३६ रन बनाएका मल्ल ज्याक ब्रासेलको हातबाट २६.३ ओभरमा क्याच आउट भएका हुन्।

त्यस अगाडि नेपालका कप्तान रोहित पौडेल शून्य रनमै आउट भएका थिए। उनी २३.२ ओभरमा निकोल लोफ्टि-इटनको बलमा बर्नार्ड स्कोल्जबाट क्याच आउट भएका हुन्।

स्कोल्जले नै नेपालका आशिफ खेललाई आउट गराएका हुन्। शेखले १ छक्का र ८ चौका प्रहार गरी ५८ रन बनाएर बाहिरिएका थिए। त्यस अगाडि कुशल भुर्तेलले १८ रन जोडे भने देव खनाल र अनिल साहले शून्य रनमै आउट भए।  अहिले क्रिजमा भीम सार्की र दीपेन्द्रसिंह ऐरी रहेका छन्। नेपालले अहिले २९ औं ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएर खेलिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.