श्रीमती, छोरी र नातिनीको हत्या गर्ने काजी विक झुण्डिएको अवस्थामा भेटिए

श्रीमती, छोरी र नातिनीको हत्या गर्ने काजी विक झुण्डिएको अवस्थामा भेटिए
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : आफ्नी श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी बिक मृत फेला परेका छन्। काठमाडौंको सितापाइलामा श्रीमती प्रेम कुमारी, छोरी अनिसा र नातिनी सिवानाको हत्या  गरी फरार रहेका विक हरिसिद्धिको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत स्वयमभूका एक प्रहरी अधिकृतले जनाएका छन्।

nullजिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको सूचना पाएपनि प्रहरी टोली आज बिहान घटनास्थलमा पुगेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए। 

प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको हो। उनीहरु दुई तले घरको भुईं तलामा कोठा लिएर बसेका उनीहरुमाथि ह्यामरले हानेको अवस्थामा शव रहेको फेला परेको प्रहरीको भनाई छ। घटनाको कारणबारे अझै खुलिसकेको छैन। उनीहरुको स्थायी ठेगाना पनि पत्ता लागेको छैन।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.