शैक्षिक विकासमा फड्को मार्दै ठाकुरबाबा

शैक्षिक विकासमा फड्को मार्दै ठाकुरबाबा
सुन्नुहोस्

गुलरिया : बर्दियाको पर्यटकिय गन्तब्य बर्दिया राष्ट्रिय निकुञ्जको काखमा रहेको ठाकुरबाबा नगरपालिकामा माध्यमिक शिक्षा अध्ययनका लागि पैसा नभएर नरोकिने भएको छ। नगरले शैक्षिक उन्नयनमा अधिकतम बजेट विनियोजन गरेसँगै विद्यार्थीहरुले १० कक्षा सम्म कुनै शुल्क तिर्नुपर्दैन।

देशकै उत्कृष्ट पर्यटकिय गन्तब्य सम्म पुग्ने सडक सञ्जाल लगायतका भौतिक पूर्वाधार विकाससँगै पालिकाले समग्र शिक्षा क्षेत्रमा मात्र ३४ दशमलव २ प्रतिशत रकम विनियोजनगर्दै आएको छ। शिक्षा क्षेत्रमा पालिकाको कूल बजेट मध्येबाटै अधिकतम बजेट छुट्याएपछि शैक्षिक क्षेत्रमा ठूलै परिवर्तन आउने अनुमान पालिकाले गरेको छ। 

पालिकाले ०७९ सालदेखि कक्षा १० सम्म निःशुल्क शिक्षा कायमगर्दै प्राथमिकतामा राखेर कामगर्दै आएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए। विद्यालयमा तहगत र बिषयगत शिक्षकको दरबन्दी मिलान गरेका छौं। ५ वर्ष समयावधि पुगेका शिक्षकहरूलाई पालिकाकै अर्को विद्यालयमा सरुवा गर्ने प्रणाली विकास गर्‍यौं।

नगरप्रमुख लम्सालले भने, 'हामीले शिक्षक बैंक स्थापनाको अवधारणसँगै सञ्चालन गर्‍यौं। यसले लामो समय सम्म विद्यालयमा शिक्षक अभाव रहने समस्या टरेर गएको छ। शैक्षिक गुणस्तर वृद्धि गर्दै थप उचाईमा पुर्‍याउने तयारीका साथ लागि रहेका छौं,' उनले भने। 

पूर्व-पश्चिम राजमार्गसँग जोडिएको निकुञ्जको काखमा रहेको पालिकाको भौतिक, शैक्षिक, सामाजिकलगायत आर्थिक विकासमा अघि बढ्न खोजेपनि पालिकाभरि बन्यजन्तु र मानवविचको द्वन्द्वले चिन्ता थपिदिएको छ। यावत समस्यासँग गुज्रिरहेको अवस्थामा समेत शैक्षिक क्षेत्रमा देशैभरका पालिकाहरु मध्ये उदारहणीय कार्य गरेको भन्दै शिक्षा पत्रकार समूहले रजत जयन्तीका अवसरमा ठाकुरबाबा नगरपालिकालाई सम्मान गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.