प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने
दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबीच भेटवार्ता भएको छ। लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा उनीहरूबीच छलफल भएको थियो। प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्ने विषयमा समेत छलफल भएको थियो।
'प्रधानमन्त्रीज्यूसँग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो। सम्मेलनको विषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु। सो अवसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राज्धानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ,' मुख्यमन्त्री चौधरीले भने।
प्रधानमन्त्री दाहालले फागुन १९ गते लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने मुख्यमन्त्री चौधरीले बताए। 'प्रधानमन्त्रीज्यूले लुम्बिनी प्रदेशको सदनमा विशेष सम्बोधनको कुरा भएको छ। उहाँले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ,' उनले भने। लुम्बिनीमा फागुन १८ गतेदेखि हिउदे अधिवेशन सुरु हुँदैछ।