विद्युतीय चुलो खरिद गर्न दुई हजार अनुदान

विद्युतीय चुलो खरिद गर्न दुई हजार अनुदान
सुन्नुहोस्

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिकाले विद्युतिय चुलो खरिदमा दुई हजार रुपैयाँ अनुदान दिने गरी परियोजना सञ्चालन गरेको छ।

 
'इन्धन आयात प्रतिस्थापन गरौं, विद्युतीय इन्धनको प्रयोग गरौं' भन्ने मूल नाराका साथ गाउँपालिकामा विद्युतीय चुलोको दिगो बजार विकास कार्यक्रम सुरु गरिएको हो। समुदायिक विद्युत उपभोक्ता महासंघको सहकार्यमा पालिकाले विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सुरु गरेको अध्यक्ष मानबहादुर मगरले बताए। परियोजनाअन्तर्गत एक परिवारलाई विद्युतीय चुलो खरिदमा दुई हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको उनले बताए।
 
मगरले भने, ‘इन्धन, ग्यास आपूर्ति र खरिद बिक्रीमा तलमाथि भइरहेको बेला सर्वसाधरणलाई सहज र सर्वसुलभका लागि नयाँ कार्यक्रम सुरु गरेका हौं। यसबाट जनताले प्रत्यक्ष राहतको महशुस गर्ने छन्।' 
 
इन्धन र ग्यासको महँगीले ढाड सेकिरहेको बेला यो कार्यक्रमले सहजता निम्त्याउने पालिका उपाध्यक्ष जितबहादुर खड्काले बताए। उनले भने, ‘हामीसँग इन्धन, ग्यास दुबै छैन्, विद्युत सोचेअनुरुप उत्पादन नभए पनि पर्याप्त भएर बाहिर बिक्री गर्न थालेको अवस्थामा यो क्रार्यक्रमले प्रभावकारित पाउने छ।'

सामुदायिक विद्युत महासंघले प्राक्टिकल एक्सन सँगको सहकार्यमा गण्डकी प्रदेशका ४ जिल्ला र कोशी प्रदेशका ५ जिल्लामा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना लागू गरेको महासंघका अध्यक्ष नारायण गेलालले जानकारी दिए। कार्यक्रमअन्तरगत उपभोक्तालाई इन्डक्सन, इन्फारेट र इपीई कुकर अनुदानमा उपलब्ध गराउने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.