अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरपूर्ण अवस्थामा धकेलेको चीनको आरोप

अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरपूर्ण अवस्थामा धकेलेको चीनको आरोप
फाइल तस्बिर।
सुन्नुहोस्

गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्ने बताएका छन् ।  प्रवक्ता माओ निङले दैनिक प्रेस ब्रिफिङमा अल्जेरियाको मस्यौदा प्रस्तावको विरुद्धमा अमेरिकी मतदान बारे टिप्पणी गर्न सोध्दा सो धारणा राखेका हुन्।

गाजा द्वन्द्वसँग सम्बन्धित मस्यौदा प्रस्तावमा अमेरिकाले भिटो लगाएको यो तेस्रो पटक हो। माओले लामो समयदेखि प्यालेस्टाइन-इजरायली द्वन्द्वले गाजामा विनाशकारी मानवीय अवस्था निम्त्याएको र क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पारेको बताएका छन्।

अरब राष्ट्रहरूको तर्फबाट अल्जेरियाले पेश गरेको मस्यौदा प्रस्तावमा गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको तत्काल रिहाइ, मानवीय आपूर्तिको सुनिश्चितता पहुँच र जबरजस्ती विस्थापन अस्वीकार गर्न माग गरिएको छ ।

त्यहाँको परिस्थितिले तुरुन्तै आवश्यक कदम चाल्न माग गरेको र मानवताको न्यूनतम आवश्यकताको आधारमा मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का सदस्यहरूको अत्यधिक बहुमतले समर्थन गरेको थियो र चीनले यसको पक्षमा मतदान गरेको माओले बताएका छन्।

प्रवक्ता माओले सुरक्षा परिषद्लाई थप जिम्मेवार र अर्थपूर्ण कार्यहरू गर्दै गाजामा युद्धविरामका लागि अथक प्रयास गर्न, मानवीय अवस्थालाई सहज बनाउन चीन अन्तरराष्ट्रिय समुदायका सबै पक्षहरूसँग मिलेर काम गर्न तयार रहेको धारणा राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.