प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत हुने
काठमाडौं : संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक,२०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
यसैगरी बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ।