महासमिति बैठकमा सातै प्रदेशका सभापतिले प्रतिवेदन पेश गर्दै

महासमिति बैठकमा सातै प्रदेशका सभापतिले प्रतिवेदन पेश गर्दै
फाइल तस्बिर।
सुन्नुहोस्

गोदावरी : नेपाली कांग्रेसको महासमिति बैठकमा आज सातै प्रदेशमा सभापतिहरुले समूहगत प्रतिवेदन पेश गर्ने भएका छन्। महासमिति बैठकको चौथौ दिन आज पनि उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बुधबार रातिसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरुले धारणा प्रस्तुत गर्ने चलिरहेको छ । महासमिति सदस्यहरुले बोलिसकेपश्चात् सातवटै प्रदेशका सभापतिहरुले आआफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाई प्रतिवेदनसहित मूल हलमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

 सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको संयोजक विश्वकर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.