धर्म, संस्कृतिले समाजलाई बाँधेर राखेको छ : राष्ट्रपति पौडेल

धर्म, संस्कृतिले समाजलाई बाँधेर राखेको छ : राष्ट्रपति पौडेल
सुन्नुहोस्

बागलुङ : राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, धर्म, परम्परा, मान्यता र मुल्यहरुले समाजलाई बाँधेर राखेको र अनुशासित बनाएको बताएका छन् । बागलुङको धार्मिक तथा पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा उपस्थित भएका राष्ट्रपति उक्त कुरा बताएका हुन्।

राष्ट्रपति पौडेलले महायज्ञमा बोल्दै नेपाल तप भुमिको रुपमा रहेको बताउँदै ठूला ऋषिमुनीहरुले तपस्या गर्ने ठाउँको रुपमा चिनिने उल्लेख गरे। ‘नेपाल भूमि सबैभन्दा ठूला ऋषिमुनीहरुले तपस्या गर्ने ठाउँ हो,’ राष्ट्रपति पौडेलले भने,‘यो जमिन, यो भुमि, नदीहरु, गण्डकी, कर्णालीहरु सबै पवित्र अविरल धारा बगाइ रहेका छन् । यसले सारा जीवन सिंचित भइरहेको छ ।’

राष्ट्रपति पौडेलले महायज्ञमा आफूले अत्यन्त आह्लादित, आनन्दित र उन्मुक्त अवस्थाको अनुभव गरेको बताए । ‘पञ्चकोट प्रकृतिले सिंगारिएको ठाउँ छ । यहाँ आउँदा मन अत्यन्त आनन्दित, उन्मुत्तः अवस्थाको मैले अनुभव गरेको छु,’ उनले भने,‘प्रकृतिलाई शान्त गराउने, राष्ट्रलाई शान्ति दिने, उन्नति दिने काम महायज्ञले गर्नेछ । महायज्ञले सबैलाई पवित्र बनाउँछ।’

मानिस आस्थावान रहेको राष्ट्रपति पौडेलको भनाई छ । ‘सबै मानिस आस्थावान छन् । ईश्वरीय आस्था, भगवानको आस्था सबै नेपालीमा रहेको छ,’ उनले भने,‘वास्तबमा आज यो शिवको मुलुक शंकरको मुलुक, सिता र बुद्धको मुलुक, धर्म, आध्यत्मा र आस्थाको केन्द्र नेपाल भूमी हो । महायज्ञले आत्मिक अवधारणा प्रदान गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

राष्ट्रपति पौडेलले पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलो मुक्तिनाथ महाघण्टको अनावरण पनि गरेका छन् । फागुन ९ गतेदेखि सुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञको अवसरमा पञ्चकोटमा आएका राष्ट्रपति पौडेलले महाघण्टको विधिपूर्वक रुपमा प्राणप्रतिष्ठाको कार्य गरेका हुन् । गतसाता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो ।

पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यले बताए । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको स्वामी कमलनयनाचार्यले बताए । 

महाघण्टबाट शान्तिको ध्वनि निस्किने स्वामी कमलनयनाचार्यले बताए । ‘महाघण्टको विधिवत् रुपमा प्राणप्रतिष्ठान गरिएको छ,’उनले भने,‘महाघण्टबाट निस्किएको ध्वनि साविक धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिन्छ ।’ धेरै समय खर्चिएर बनाइएको महाघण्ट बनाउन करिव दुई करोड खर्च लागेको अनुमान गरिएको स्वामी कमलनयनाचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.