सार्वजनिक निष्कासनको अनुमति अन्योलमा

साढे तीन दर्जन कम्पनीको आईपीओ र हकप्रद पाइपलाइनमा, डिबेन्चर र म्युचुअल फन्ड पनि अड्किए

सार्वजनिक निष्कासनको अनुमति अन्योलमा
फाइल तस्बिर।

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको ७ हप्ता बित्न लागेको छ। रमेश हमालको कार्यकाल सकिएपछि निमित्तको जिम्मेवारी डा. नवराज अधिकारीले सम्हालिरहेका छन्। अध्यक्ष नहुँदा बोर्डको कामकारबाही रोकिएका छन्। तीमध्ये मुख्य विषय हो, सार्वजनिक निष्कासन।

आईपीओ, एफपीओ, हकप्रदजस्ता सार्वजनिक निकाय सेयर बजारलाई चलायमान बनाइराख्ने औजार हुन्। नयाँ लगानी भित्र्याउने माध्यम हो, दोस्रो बजारको पूरक हो। तर, सेयर बजारको मुख्य नियामकमा प्रमुख नहुँदा निष्कासनको स्वीकृति दिने आँट हुन सकेको छैन।

आईपीओ, हकप्रदजस्ता सार्वजनिक निष्कासनको स्वीकृति दिने अधिकार बोर्ड सञ्चालक समितिमा निहित छ। तर, सञ्चालकबीच छलफल हुने गरे पनि अनुमति दिने विषयमा एकमत हुन सकेको छैन। निवर्तमान अध्यक्ष हमालको अग्रसरता पछिल्लो समय सार्वजनिक निष्कासनमा लहर चलेको थियो। तर, पुसको तेस्रो साता यता यो लहरमा अल्पविराम लागेको देखिन्छ।

बोर्डका अनुसार गत मंसिरयता आईपीओ निष्कासनको प्रक्रिया थालेका कम्पनीको फाइल हेरिएको छैन। त्यसयता अर्किड होल्डिङ, विकास हाइड्रो, रिज लाइन इनर्जी, लाफिङ बुद्ध पावर नेपाल, ह्याम्स अस्पताल, सौर्य सिमेन्ट, अन्नपूर्ण केबलकार, बरुण इन्भेस्टमेन्ट, मारुती सिमेन्ट, कालिञ्चोक हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स, स्वस्तिक लघुवित्त, हिमरिभर पावर र पियोर इनर्जी आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा पुगेका छन्। यी कम्पनीको आवेदनमाथि प्रारम्भिक अध्ययनसमेत भएको देखिँदैन।

त्यसअघि पाइपलाइनमा बसेका डिस मिडिया नेटवर्क, याम्बलिङ हाइड्रो, एपेक्स हस्पिटालिटी र एसवाई प्यानल नेपाललाई भने थप कागजात पेस गर्न पत्राचार भएको छ। बोर्डमा हमाल हुँदै ती कम्पनीलाई पत्राचार गरिएको थियो। यसअघि उल्लेखित १४ कम्पनीलाई थप कागजात माग्ने आँट बोर्डले गर्न सकेको छैन।

यी १४ भन्दा अघि प्रक्रियामा गएका अन्य १६ कम्पनीका विषयमा पनि बोर्डले थप निर्णय गरेको छैन। १६ मध्ये बेनी हाइड्रोलाई बोर्डले प्रतिक्रिया पठाएको छ भने बाँकी १५ को हकमा पटकपटक प्रतिक्रिया र जवाफ आदानप्रदान भइरहेको थियो। बोर्डका अनुसार सबैभन्दा पछिल्लोपल्ट जगदम्बा स्टिल्ससँग बोर्डले संवाद गरेको थियो। त्यसयता प्रतिक्रिया र जवाफ आदानप्रदानको काम रोकिएको छ।

आईपीओ निष्कासनको अनुमति पाउने सूचीमा सबैभन्दा अगाडि रहेका १५ कम्पनी हुन्, एकर्ड फार्मास्युटिकल्स, ट्रेड टावर, सानिमा हाइड्रो, कान्तिपुर टीभी, आईएमई, भुजुङ हाइड्रो, जगदम्बा स्टिल्स, सोलु हाइड्रो, सान्भी ऊर्जा, हिमस्टार ऊर्जा, रिचेट जवि, होटल फरेस्ट, माबिलुङ इनर्जी, टक्सार पिखुवा खोला हाइड्रो, दरामखोला हाइड्रो इनर्जी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.