सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति

सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति
सुन्नुहोस्

काठमाडौं : बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका क्रिकेटर लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।

उच्च अदालतका प्रवक्तासमेत रहेका उपरजिस्ट्रार तीर्थराज भट्टराईले लामिछानेलाई उक्त अनुमति दिएको बताए। 'मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार उहाँले जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति पाउनुभएको हो,' अन्नपूर्णसँग उनले भने।

जिल्ला अदालत काठमाडौंको फैसला बदरको माग गर्दै लामिछाने बिहीबार आफ्ना वकिलसहित उच्च अदालत पुगेका थिए। जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.