गठबन्धनलाई निरन्तरता दिँदै कांग्रेस महासमिति बैठकको ११ बुँदे निष्कर्ष

गठबन्धनलाई निरन्तरता दिँदै कांग्रेस महासमिति बैठकको ११ बुँदे निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै ११ बुँदे निष्कर्ष निकालेको छ।

पार्टीका प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, बेथिति र विसंगतिविरुद्ध वैधानिकरूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्दति स्थापित गर्ने निष्कर्ष निकालिएको बताए। त्यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने निष्कर्ष निकालिएको उनले बताए। 

यी हुन् ११ निष्कर्ष

१. नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापती श्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले,

२.  नेपालको राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताका लागि पटक–पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरु तथा देश, लोकतन्त्र र कांग्रेसकालागि जीवन अर्पीत गर्ने सवै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गर्दै,

३.  नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धी एवं हरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि,

४. नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दै

५.  शान्ति प्रक्रियाका वाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गर्दै,

६. नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थिीति सहित निर्माण भएको गठवन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, वेथिती र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्दती स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरुलाई समाधान गर्ने जिम्मेवारी वोध गर्दै,

७. मुलूकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै,

८. तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहदै,

९. किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पिडालाई अभिलम्व समाधान गरि पिडितलाई न्याय दिलाउँन सरकारको गंभिर ध्यानाकर्षण गराउँदै,

१०. महासमितिको वैठकमा उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयीक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको छ । बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरुवाट अत्यन्तै महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् ।  प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ । साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रसतुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन वैठकले अनुमोदन गरेकोछ ।

११. राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता । स्वतन्त्रता, न्याय र समानता ।। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ।।। उद्धघोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न यो बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै  नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ यो ऐतिहासिक महासमितिको वैठक सम्पन्न भएको छ । 

यो एतिहासिक महासमितिको बैठकका सहभागि केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापतिहरु, महासमिति सदस्यहरु, बैठक सफल पार्न विभिन्न उपसमितिमा रही अहोरात्र कार्य गर्नुहुने साथिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, यातायात व्यवसायिहरु, नेपाली कांग्रेस ललितपुरका सभापति सहित विभिन्न तहमा रही काममा संलग्न स्थानीय साथीहरु, जनप्रतिनिधिहरु र विशेष भुमिकामा रही अविछिन्न समाचार संकलन तथा संप्रेषणमा योगदान गर्नुहुने सम्पूर्ण संचार माध्यम तथा संचारकर्मी साथिहरुमा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति तथा प्रचार प्रसार उपसमितिको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ । 
    
मीन बहादुर विश्वकर्मा
संयोजक
प्रचार प्रसार उपसमिति
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.