बजार अनुगमनकर्ता बनेर १० हजार ठगी, २ जना पक्राउ

बजार अनुगमनकर्ता बनेर १० हजार ठगी, २ जना पक्राउ
सुन्नुहोस्

काभ्रे : काभ्रेमा बजार अनुमगनकर्ता बनेर ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको सूर्यबिनायक नगरपालिका-७ का ५० वर्षीय वासुदेव न्यौपाने र काठमाडौं महानगरपालिका-२९ घर भई हाल भक्तपुरको सूर्यबिनायक-७ बस्ने ५२ वर्षीय रोशन पोखरेल रहेका छन्। 

बुधबार दिउँसो १२ बजे जिल्लाको बनेपा-५ घसिला मार्ग स्थित बेकरी पसलमा पुगेर उनीहरूले आफूहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनका लागि आएको पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेका थिए। 

पसलले मोबाइलमा देखाउँदा पसलमा किन नराखेको तपाईंलाई कारबाही हुन्छ तपाईंको पसल सिल गरिदिन्छु भनेर डर देखाएर १५ हजारमा मिलाउने बताएका थिए। पछि १० हजारमा कुरा मिलाएका थिए। 

बनेपामा बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रवेश गरेकोदेखि प्रहरीलाई खबर गरेपश्चात तत्काल इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोलीले पक्राउ गरेको हो। 

प्रहरीले नक्कली बजार अनुगमन गर्ने उनी हरु बाट उपभोक्ता मञ्च नेपाल संस्थाको परिचय र ४ वटा मोबाइल फोन र नगद ३ हजार ५०० समेत बरामद गरिएको थप अनुसन्धान जारी रहेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.