सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीद्वारा मुख्यमन्त्रीको रेकर्ड ब्रेक : ११ महिनामा २३ पटक काठमाडौंको सयर

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीद्वारा मुख्यमन्त्रीको रेकर्ड ब्रेक : ११ महिनामा २३ पटक काठमाडौंको सयर
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले ११ महिनामा २३ पटक काठमाडौंको सयर गरेका छन्।उनले मुख्यमन्त्री कमलबहादुर शाहको काठमाडौं गएको रेकर्ड ब्रेक गरेका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहलाई काठमाडौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीको पनि काठमाडौं भ्रमण सार्वजनिक भएको हो।आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाडौं गएको विवरण दिए पनि, उनको पीएसओहरूको भ्रमण भने २३ पटक भएको तथ्यांकमा उल्लेख छ ।

‘मन्त्री बिना पिएसओ मात्रै काठमाडौं जाने कुरै भएन, विवरणमा फरक पर्‍यो कि? म बुझ्छु’, आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी धनबहादुर रोकायाले भने।तर मन्त्रालयले दिएको विवरणमा २०७९ सालको फागुन २ गते र २०८० सालको असोज २ गते पीएसओको मात्रै काठमाडौं भ्रमण देखाइएको छ।तर उनको भ्रमणको कारणमा भने ‘मन्त्रीज्यूको सुरक्षार्थ’ उल्लेख छ।

शाहीले आर्थिक मामिला मन्त्री भएपछि फागुनको २२ गतेदेखि संघीय राजधानीको भ्रमण सुरु गरेको विवरणमा देखाइएको छ।२०७९ सालको फागुन २२ गतेदेखि २०८० माघको ८ गतेसम्म उनले २१ पटक काठमाडौंको भ्रमण गरेका देखाइए पनि उनको पीएसओको विवरण हेर्दा उनी २५ पटक काठमाडौं गएको देखिन्छ।

आर्थिक मामिला मन्त्री शाहीको काठमाडौंको भ्रमण मुख्यमन्त्रीको भन्दा पनि अझ चाखलाग्दो छ।उनले अधिकांश महिनामा महिनैपिच्छे तीनपटकसम्म काठमाडौंको भ्रमण गरेका छन्।२०७९ सालको चैतमा उनी २ गते, १३ गते र २६ गते गरी तीनपटक काठमाडौं गएका छन्।

आर्थिक मामिला मन्त्रालयले दिएको विवरण अनुसार उनी तीनैपटक ‘मन्त्रालयको कामका सिलसिलामा’ काठमाडौं गएका छन्।तर उनले तीन पटकको ‘मन्त्रालयको कामका सिलसिला’ भने खुलाएका छैनन् ।

चैतमा मात्रै होइन, २०८० को साउनमा पनि उनी तीनपटक काठमाडौं गएका छन्।साउनको १ गते, १२ गते र २६ गते उनी काठमाडौं गएका छन्।त्यो तीनपटकको भ्रमणमा उनी १८ दिन काठमाडौं बसेका छन्।

२०८० सालको मंसिरमा पनि उनी तीन÷तीन पटक काठमाडौं उडेका छन्।मंसिरको ५ गते, २० गते र २९ गते गरी तीन पटक मन्त्री शाही काठमाडौं उडेका हुन्।मंसिरमा भने उनले दुईपटक ‘मन्त्रालयको कामका सिलसिलामा’ र एकपटक लगानी तथा विकास सम्मेलनको कामका सिलसिलामा काठमाडौं गएको उल्लेख गरेका छन् ।

यद्यपि २०८० साल फागुनमा हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुगेको भन्दै २०८१ को असोजसम्मका लागि स्थगित गरिएको छ।मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीसहितका अरू मन्त्रीहरू पनि लगानी तथा विकास सम्मेलनका नाममा राजधानी उडेका छन्।धनगढीमा कार्यक्रम गरेका छन्।तर अन्त्यमा कार्यक्रम नै स्थगित गरेका छन् ।

आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गतेदेखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाडौंको यात्राबापत कुल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुझेका छन्।उनको पनि भत्ता बुझेको रकम समान दिनको फरक÷फरक छ।आर्थिक मामिला मन्त्रालयले दिएको तथ्यांक हेर्ने हो भने मन्त्री शाहीले बराबर दिनको फरक÷फरक अंकमा भत्ता बुझेका छन्।२०८० सालको वैशाख ४ गते देखि ११ गतेसम्मको ८ दिनको उनले २० हजार ६२५ भत्ता बुझेका छन् भने २०८० कै साउन १ गते देखि ८ गतेसम्मको ८ दिनको भत्ता १५ हजार ६२५ बुझेका छन्।

समान दिनको फरक-फरक भत्ता बुझेपछि मन्त्री र स्वकीय सचिवालयमा मनपरि भत्ता बुझिँदै आएको प्रस्ट भएको छ।मन्त्री शाही कार्यकाल भरी १०७ दिन अथवा साढे तीन महिनाभन्दा बढी काठमाडौं बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.