मध्य गाजामा इजरायली विस्फोट, ४० जनाको मृत्यु १००घाइते

मध्य गाजामा इजरायली विस्फोट, ४० जनाको मृत्यु १००घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित  मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।  

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार  इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ ।

इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो । चिकित्सा स्रोतका अनुसार अल–अक्सा शहीद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.