भारतीय कारको ठक्करबाट एक जनाको मृत्यु
टीकापुर : कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रबार राति मृत्यु भएको हो।
उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाएर भागेको थियो। घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भीर रहेकाले प्रहरीले जनाएको छ। दुवै घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ।
कार र चालक लम्कीचुहा नगरपालिका वडा नं १० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।