केही दिनभित्रै प्रदेश प्रहरी, शिक्षा र कर्मचारी ऐन कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री

केही दिनभित्रै प्रदेश प्रहरी, शिक्षा र कर्मचारी ऐन कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री
सुन्नुहोस्

धनुषा : प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन्। उनले मधेसको विकास नभइकन देशको विकास नहुने बताए। 

सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो। 

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए। 'अब संघीयता सबलरुपमा कार्यान्वयन हुन्छ। केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.