सहकारीको स्वास्थ्य शिविरबाट ४३४ लाभान्वित

सहकारीको स्वास्थ्य शिविरबाट ४३४ लाभान्वित
सुन्नुहोस्

बेनी : म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय जनाभन्दा बढीले सेवा लिएका छन्। 

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ। फिस्टेल अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा ४३४ जनाले सेवा लिएका सहकारीको केन्द्रीय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले जानकारी दिए। 

‘सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो,’ उनले भने ‘बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी गाउँपालिकाका सर्वसाधारणले सेवा लिनुभएको छ।’

शिविरमा स्वास्थ्य परिक्षण, निःशुल्क औषधी वितरण, परामर्श, भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परीक्षण सम्बन्धी सेवा दिइएको सहकारीका सञ्चालक समितिका सचिव कृष्ण आचार्यले बताए। 

फिस्टेल अस्पताल पोखराका चिकित्सकहरु गोमा तुलाचन, बर्षा बराल, जनरल फिजिसियन हेमन्त बास्तोला, सनम ढकाल, रेडियोग्राफर डा. अनमोल तुलाचनका साथै दरवाङ आधारभूत अस्पतालका प्रमुख गायत्री पौडेल, लक्ष्मी मल्ल पुर्जा, दिपा परियार, धनमाया पुन, पार्वति पन्त, भवि सापकोटा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएका थिए।  

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र पोखरेबगरमा सेवा केन्द्र रहेका छन्।

आर्थिक वर्ष २०७९/०८० सम्ममा छ हजार १२२ जनाको १२ करोड ९५ लाख १८ हजार २०० रुपैयाँ सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ निक्षेप संकलन, ७४ करोड चार लाख ७६ हजार ६८६ रुपैयाँ लगानी गरेको संस्थाले एक करोड ५९ लाख ५६ हजार ८२३ रुपैयाँ आम्दानी गरेको थियो। 

२०६४ सालमा दरवाङ बजारमा २७ जनाले १/१ सय रुपैयाँ सेयरबाट सहकारी शुरु गरेका थिए। समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्यून आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.