पीडितको आँखामा आश्वासनको छारो

पीडितको आँखामा आश्वासनको छारो

पटक–पटकको आन्दोलनपछि पनि न्याय नपाएका मिटरब्याजी पीडित निर्णायक आन्दोलनको उद्घोष गर्दै काठमाडौंमा पुनः न्यायको भिख मागिरहेका छन् । आहतमा राहतको अपेक्षा बोकेर हारगुहार गर्दै होमिँदा उनीहरू यतिबेला पीडादायी संघर्षमा छन् । विगतका आन्दोलनपछि माग केही सम्बोधन भए पनि धेरै चाहिँ आश्वासनकै पोको बोकेर फर्किएका थिए । तर, पीडाको पोकोले किचिरहेपछि आन्दोलनलाई टुंगोमा नपु¥याई नफर्कने भन्दै फेरि संघर्षमा होमिन बाध्य बन्नुको विकल्प पनि त छैन ।

नांगै खुट्टा पैदलयात्रा काठमाडौं आएका पीडितहरूको पीडा न त सरकारले सुनेको छ, न त साहुकारहरूले नै देखेका छन् । मिटरब्याजी साहुको अत्याचार सहन नसकेर केहीले ‘अनाहक’मा ज्यानसमेत गुमाउनु परेको छ । मिटरब्याज साहुले महिला र बालबालिकामाथि अत्याचार गरेको पीडितहरूको गुनासो छ । यी सबै समस्या देखेर पनि समस्या समाधानको प्रभावकारी पहल गर्न किन सरकार खुट्टा कमाइरहेको छ ? सर्वाधिक चासो सबैको यसमै छ । सरकारले गत वर्ष गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कहाँ थन्कियो ? आयोगमा परेको २२ हजार ८ सय १२ वटा उजुरी कहिले टुंगो लाग्छ ? यसमाथि ७० हजार पीडितका उजुरी दर्ता हुनै बाँकी रहेको भन्दै पीडितहरू मेची–महाकालीबाट पैदल ‘न्याय मार्च’ गर्दै काठमाडौं आइपुग्नु नेपाल र नेपालीकै लागि दुर्भाग्य हो ।  २०७२ देखि चरणबद्ध आन्दोलन थालेका पीडितले २०७७ सालपछि देशव्यापी आन्दोलन चर्काए । निरन्तर शृंखलाका रूपमा काठमाडौंमा फेरि आन्दोलन चलिरहेको हो । २०७९ मा सरकारले कार्यदल र त्यसले प्रतिवेदन बनाए पनि त्यो लागू भएन । काठमाडौंमा ४७ दिन दोस्रो चरणको आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सम्झौता त ग¥यो । सम्झौता कार्यान्वयन गरेन । भुइँमान्छेको व्यथा नसुन्ने लोकतान्त्रिक सरकारहरूले पीडितलाई झुक्याउनेमा विद्यावारिधि गरेका हुन् कि ? केही सीप नलागेपछि २०७९ चैत २० गतेदेखि अर्काे समूहले आन्दोलन जारी राख्यो । त्यही समूह मेची–महाकाली न्याय मार्च गर्दै काठमाडौं पुगेको हो ।

 मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अभिलेखअनुसार ९२ हजार ८ सय १२ जना मिटरब्याजपीडित न्यायको पर्खाइमा छन् । पीडितका पीडा र मानवीय संवेदनामाथि राजनीतिक लेपन लाग्ने र हुँडल्ने र त्यसको निश्चित स्वार्थ लुट्नेहरूले आन्दोलनको मर्मलाई कता मोड्ने हुन् ? शंका छ । तीन लाख ऋण लिएकाहरूले ३० लाख रूपैयाँ तिर्दासमेत सावाँ नसकिने र घरबारबिहीन हुनुपर्ने हो अवस्थाले देशमा खै कसरी लोकतन्त्र छ भन्नु ? यस्तो त्यहाँ पीडित नागरिकले राज्य कहाँ खोज्न जाने ? १२ वर्षमा खोलो फर्किन्छ भन्थे । दसक त भइसकेछ, के पीडितले न्याय पाउन पनि १२ वर्ष नै पु¥याउनु पर्ने हो ? पीडितले न्याय नपाउने हो भने राज्य, न्याय के का लागि ?

 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.