बैंक डुब्ने अफवाह किन पत्याउँछन् सर्वसाधारण ?

बैंक डुब्ने अफवाह किन पत्याउँछन् सर्वसाधारण ?

काठमाडौं : बैंकर, सञ्चालक तथा नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रतिनिधिले नेपालको बैंकिङ प्रणालीमा समस्या नरहेको दाबी गरेका छन्। सीमित स्वार्थ समूहले बैंकको प्रणाली लक्षित प्रहार गरेकामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु उपयुक्त नभएको तर्क उनीहरूले गरेका हुन्। यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ उनीहरूको छ।

सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गर्दा बैंकहरूसँग १७-१८ खर्ब तरल सम्पत्ति छ। यसले बैंकिङ प्रणालीसमेत कुनै पनि बैंकमा समस्या नरहेको देखिन्छ। बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्। यसबाहेक सीआरआर र एसएलआरसमेत छ। पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका भए पनि बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या नरहेको देखिन्छ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताउँछन्। उनका अनुसार बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए। यसबाहेक ५ लाखसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम छ। २८ प्रतिशत खुद तरल सम्पत्ति छ। यो तथ्यले बैंकहरू निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा छैनन् ।  सुनिल केसी, अध्यक्ष, नेपाल बैंकर्स संघ 

प्रायःजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए। उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको छ।

‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ। जस कारण हामी एकदमै सबल अवस्थामा छौं,’ बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम छ। २८ प्रतिशत खुद तरल सम्पत्ति छ। यसले बैंकहरूमा तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ।’

साथै, केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५÷७६ को प्रतिशत हुँदा केहीको ८३÷८४ प्रतिशत छ। यो अनुपात नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनामा धेरै सहज हो।

सीडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनको भनाइ छ। ‘दक्षिण एसियाको अन्य मुलुककको तुलनामा नेपालमा निष्क्रिय कर्जा न्यून छ। अन्य मुलुकमा जस्तै नेपालमा पनि केही बढे पनि नेपालको निष्क्रिय कर्जा अनुपात कम छ,’ उनले भने, ‘कर्जा नोक्सानी व्यवस्था पनि दक्षिण एसियाका अन्य देशको भन्दा बढी गरेका छौं।’

खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेका छन्। यतिबेला बैंकहरूले २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेका छन्। खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

तर, पछिल्लो समय बैंकको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने केसीले जनाए। ‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्नु हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,’ उनले भने, ‘कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ।’

बैंकिङ क्षेत्र पारदर्शी छ। पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन। उपेन्द्र पौड्याल, अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल

उनले थपे, ‘एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडीआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलापले समग्र सिस्टममा असर गर्छ।’ त्यसकारण नेपालको बैंकिङ क्षेत्रलाई बचाउन आवश्यक रहेको उनको धारणा छ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए। ‘बैंकिङ क्षेत्र पारदर्शी छ। पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ।’

परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? उनले प्रश्न गरे। यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न हुँदैन। गुणाकर भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

उनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए। ‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ,’ उनले भने, ‘केही व्यक्तिको बैंक डुब्न लागेर भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ। यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्ति लक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राख्छन्। अर्थतन्त्रको चारमध्ये बैंकिङ क्षेत्र एक हो। त्यसकारण बैंकिङ क्षेत्रममा समस्या आए त्यसले सम्रग अर्थतन्त्र नकारात्मक प्रभाव देखिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.