एक करोडको लागतमा सिँचाइ कुलो निर्माण

एक करोडको लागतमा सिँचाइ कुलो निर्माण
सुन्नुहोस्

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका चार वटालाई लक्षित गरी झण्डै एक करोडको लगानीमा सिँचाइ कुलो योजना निर्माण सुरु गरिएको छ । 

खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभाव झेल्दै आएका वडा नम्बर ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैयाँको लागतमा देउराली गुम्बा सिँचाइ योजना सुरु गरिएको हो । 

संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्विस सरकारको ३० र उपभोक्ताको १० प्रतिशत लगानीमा ६७५ मिटर लम्बाइ रहेको उक्त योजनाको आइतबार कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गरिन् । 

योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सिँचाइ योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, ‘व्यक्तिलाई मात्र नभई पृथ्वीलाई नै पानी अपरिहार्य रहेकाले सिँचाइलाई व्यवस्थित बनाउन सके मात्र  कृषि क्रान्ति सम्भव हुन्छ।' 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.