सांसदले मन्त्रीमाथि लगाए गम्भीर आरोप

पर्यटनमन्त्रीप्रति सुशासन समिति सभापति आक्रोशित, भने : नयाँ जहाज खरिद गर्दा १८ करोड कमिसनको सूचना प्राप्त भएको छ

पर्यटनमन्त्रीप्रति सुशासन समिति सभापति आक्रोशित, भने : नयाँ जहाज खरिद गर्दा १८ करोड कमिसनको सूचना प्राप्त भएको छ
फाइल तस्बिर।

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिको सभापति एवम् कांग्रेसका सांसद रामहरि खतिवडाले १८ करोड कमिसन खाने खेलमा नयाँ जहाज खरिद प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नयाँ जहाज खरिद गर्दा झण्डै १८ करोड नेपाली रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएको दाबी गरेका हुन्।

खतिवडाले भने,‘...पर्यटनमन्त्री नयाँ प्लेन किन्नुपर्‍यो भनेर लाग्नु भएएको छ। क्यानेडियाबाट तीनवटा ट्विनअटर किन्ने निर्णय गरिएको छ। नेपाल वायुसेवा निगमको आफ्नै समितिले यो अहिले हामीले ल्याउन सक्ने अवस्था छैन, यी जहाजहरू उत्पादन हुन छोडिसकेका छन् भन्दा टेन्डर एक महिना अगाडि लागू गरिसकिएको छ। रिपोर्ट अनक्वालिफाइड भनेर समितिले भनिसकेको छ। जुन जहाजहरू अहिले प्रोडक्सनमा छैनन्। ३०० जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले उत्पादनमा छैन। त्यसमा ल्याएर झण्डै १८ करोड नेपाली रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएको छ, तै पनि मन्त्री असाध्यै सुधार गर्न लागेको आभास मिलेको छ। झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ।’

प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला आइतबार प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसदले जहाज खरिद प्रक्रिया, लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति लगायतका विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  सुदन किरातीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

नेपाल एयरलाइन्सलाई झण्डै ३१ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको भन्दै उनले निगम अहिले ४८ अर्ब रुपैयाँभन्दा बढी घाटा र ऋणमा रहेको दाबी गरे। ‘नेपाल एयरलाइन्सलाई झण्डै ३१ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको देखिन्छ। निगम अहिले ४८ अर्ब रुपैयाँभन्दा बढी घाटामा र ऋणमा डुबेको छ। सावाँको त कुरै छाडौं, चार वर्षदेखि ब्याजसमेत तिर्न सकेको छैन। वाइडबडी र न्यारोबडीको ३४ अर्ब रुपैयाँको ब्याज अहिलेसम्म तिर्न सकेको छैन, जुन सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको छ। निगममा भएको चारवटा जहाजमध्ये दुईवटा न्यारो बडी र दुईवटा वाइडबडी अहिले घाटामा छन्। निगमलाई आन्तरिक उडानका लागि ६ वटा चिनियाँ जहाज लिइएको थियो, ती छ वटा चिनियाँ जहाज वाइ–१२ र एम–१६ तत्कालीन अवस्थामा झन्डै आठ अर्ब रुपैयाँमा लिइएको जहाज अहिले लिलाममा राख्दा ३८ करोड रुपैयाँमा बिक्री हुन सकेका छैनन्। एक अर्ब बढी तिर्नुपर्ने अवस्था छ।’ खतिवडाले भने,‘एउटा ट्विनअटर बिग्रिएर १० वर्षदेखि थन्किएर ग्राउन्डेड भएर रहेको छ। निगममा १२ सय स्थायी र आउट सोर्सिङ गरे झण्डै ८ सय कर्मचारी छन्। अहिले पनि भर्खरै वर्तमान पर्यटन मन्त्रीले ६२ जना नयाँ कर्मचारीहरूलाई करार र ज्यालादारीमा नियुक्ति गरेर राखिएको छ, जसको हाजिर गरेर कहाँ जाने, कहाँ आउने, के गर्ने थाहा छैन। हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ। यी तथ्यांकका बाबजुद पनि पर्यटनमन्त्री नयाँ प्लेन किन्नुपर्‍यो भनेर लाग्नुभएको छ, अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो यो बारेमा सोच्नुपर्ने जरुरी भइरहेको छ।’

ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेकोप्रति आपत्ति 

खतिवडाले लकरमा गोली राख्ने ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेकोप्रति आपत्ति जनाए।

‘सरकारले सुशासनका नाममा ल्यारक्याल लामा जस्ता मान्छेलाई नियुक्ति गरेको छ, लुम्बिनी विकास कोषमा। गौतम बुद्ध शान्तिका दूत, शान्तिका दूतको नाममा लकरमा गोली राख्ने मानिसलाई नियुक्त गरेपछि देशको हालत के होला ?  सरकारको ध्यान आकृष्ठ होस् भनेर अनुरोध गर्दछु।’ उनले थपे,‘मैले सत्तारूढ दल  र प्रतिपक्षी दलको रूपमा यसलाई हेरेको होइन, नेपालका मन्त्रीहरूले व्यक्तिगत स्वार्थ हेर्न थाले भने मुलक कहाँ जाने हो, त्यो चाहे सत्ता पक्षको होस् चाहे प्रतिपक्षको होस् ? व्यक्तिगत चासोको आधारमा नियुक्ति हुन थाले के होला ? कामका आधारमा होइन, दामका आधारमा नियुक्ति हुन थाले, यसमा घोर आपत्ति छ। चाहे नेपाल एयरलाइन्स, चाहे नेपाल वायु सेवा निगम, पशुपति विकास कोष, लुम्बिनी विकास कोषमा होस् भएको नियुक्ति हेरियोस्, अदालतले पनि कतिपय खारेज गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.