उदयपुरमा २९ हजार बढी बालबालिकालाई खोप लगाइँदै

उदयपुरमा २९ हजार बढी बालबालिकालाई खोप लगाइँदै
सुन्नुहोस्

उदयपुर : उदयपुरमा आइतबारदेखि पहिलोचरणको दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। त्रियुगा नगरपालिका-१० स्थित बालमन्दिर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गरिएको हो।

जिल्लाका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, रौतामाई, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक तथा फोकलपर्सन चिरन्जिवी निरौलाले बताए। 

त्यसैगरी कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा अहिले नियमित खोप चल्ने भएकाले चैत्र २२ देखि २७ सम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिने उनले बताए। खोप जिल्लाका ४ सय ६४ खोप केन्द्रबाट २९ हजार १३४ जना ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाइने लक्ष्य रहेको छ। 

लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य एंव प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.