दूध उत्पादक किसानले दिए धर्ना (फोटोफिचर)
धनकुटा : ६ महिना यता भुक्तानी नपाएका दूध उत्पादक किसानहरुले जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन्। सयभन्दा बढी किसानहरुले सोमबार बिहान १० देखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका हुन्।
उनीहरुले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत् सरकारलाई ज्ञापन पत्र समेत पठाएका छन्। दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेका डिडिसी लगायतका अन्य डेरी उद्योगीहरुले विगत ६ महिना अघिदेखि ६ अर्ब बढीको भुक्तानी बक्यौता रहेको केन्द्रिय दुग्घ सहकारी संघ लि. नेपालका अध्यक्ष अम्बरवहादुर कुँवरको भनाई छ।
संघले आगामी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारीको संघहरुको नेतृत्वमा बिहान १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्का जाम र २१ गते देशभरका किसानहरुलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ।