बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन गर्ने जिम्मा कानुन र ऊर्जामन्त्रीलाई दिने सरकारको निर्णय

बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन गर्ने जिम्मा कानुन र ऊर्जामन्त्रीलाई दिने सरकारको निर्णय
सुन्नुहोस्

काठमाडौं : बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र सरकारलाई सिफारिस गर्नेगरी अध्ययनको जिम्मा दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ।

आयोगले मन्त्री ज्वालालाई दोषी देखाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री ज्वालाको राजीनामा माग गर्दै आएको छ। राजीनामा नआएसम्म एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ। यस सम्बन्धमा सरकारले फागुन १८ गते जवाफ दिने सहमति सोमबार भएको थियो। कोरियन भाषाको परीक्षा फारम भर्ने विषयमा प्रदर्शनमा हुँदा बालकुमारी दुई जना युवकको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.