रुस-युक्रेन युद्धमा युक्रेनले रुसलाई हराउनेछ : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको युद्ध जित्ने बताएका छन् । उनले रुससँगको युद्ध भएको दुई वर्ष भइसक्यो तर आफ्नो देशले जित्ने बताए ।
राजधानी किभमा जनतालाई सम्बोधन गर्दै उनले भने, 'हामी कसैलाई युक्रेनलाई ध्वस्त हुन दिनेछैनौं।'
उनले जनतालाई सम्बोधन गर्दा उनीसँगै केही पश्चिमी देशका नेताहरु पनि थिए ।
जेलेन्स्कीले युक्रेन र युक्रेनका सहयोगीहरूले क्रिमियामा युक्रेनको कब्जालाई पुन: स्थापित गर्न प्रयास गर्नुपर्ने बताए।
रुसले क्रिमिया कब्जा गरेको १० वर्ष भइसकेको छ । यसपछि २४ फेब्रुअरी २०२२ बाट रुसले पूरै युक्रेनका सम्पूर्ण क्षेत्रमा आक्रमण गरेको छ।
जेलेन्स्कीका अनुसार यस युद्धमा अहिलेसम्म ३१ हजार युक्रेनी सैनिक मारिएका छन् । बीबीसी