काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई बलिङ गर्ने निम्तो दिएको हो।
क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो।
क्यानले विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो। आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि २० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।
नेपाल टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अभिनाश बोहोरा, सोमपाल कामी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी,करण केसी,सन्दीप जोरा