वृद्धावस्थामा समस्या होइन सम्मान

वृद्धावस्थामा समस्या होइन सम्मान
सुन्नुहोस्

आर्थिक अवस्था कमजोर हुँदा वृद्धहरूले प्राप्त गर्नुपर्ने स्याहारसुसार, सम्मान र सत्कार प्राप्त गर्न सकेका छैनन्। जबकि भन्नलाई ज्येष्ठ नागरिकलाई परिवार, समाज तथा राष्ट्रका अमूल्य निधि हुन् भनिएको छ।

बेवारिसे नागरिक सबाल विश्वकै ज्यादै महत्त्वपर्ण तथा चुनौतीपूर्ण सबाल बन्न पुगेको छ। विगतका केही दशकयता बेवारिसे र ज्येष्ठ नागरिकको जनसंख्यामा क्रमशः वृद्धि हुँदै आइरहेको छ। विभिन्न राष्ट्र तथा संघसंस्थाले सामाजिक, आर्थिक, राजनीतिक तथा वैज्ञानिक सबै तबरले बेवारिसे र ज्येष्ठ नागरिकका बारेमा सबाल उठाएको पाइन्छ। बेवारिसे र ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुनुमा मृत्युदर घट्नु तथा औसत आयु वृद्धि हुनु साथै स्वास्थ्य, सुविधा, राम्रो गाँसबास, कपास आदि कारण हुन्।

बेवारिसे र वृद्ध अवस्था एक प्राकृतिक अवस्था हो। संसारमा कुनै पनि प्राणी जन्मेपश्चात् युवा हुँदै वृद्ध हुन्छ नै। चाहेर पनि कोही यौवन समयमै रहिरहन सक्दैन। वृद्ध अवस्थालाई कहालिलाग्दो अवस्था पनि भनिन्छ। किनकि यो अवस्था पुगेपछि मानिसको हरेक अंगप्रत्यंग शिथिल हँुदै जान्छ। यो अवस्था पार गरेपछि जीवनको अन्त्य अवस्था अथवा मृत्युको विकल्प छैन। मानिसको ३० वर्षको उमेर पुगेपछि उसको काम गर्ने क्षमता कमी हुन थाल्छ र ६० वर्षभन्दा माथि पुगेपछि अरू थप समस्यासित जुझ्नुपर्ने हुन्छ। यो स्पष्ट छ कि कुनै व्यक्तिको कार्यक्षमतामा छिटो समस्या आउँछ भने कुनै व्यक्तिको ढिलो। वृद्धसम्बन्धी अध्ययनले के देखाएको छ भने मानसिक तनाव र रोगहरू आदिले मानिसलाई छिटो वृद्धावस्थामा र बेवारिसे अवस्थामा पुर्‍याउँछ।

आजको एक्काइसौं शताब्दीमा विश्वमा बेवारिसे र वृद्धहरूको संख्या बढेको छ। यसकारण बालबच्चा र प्रौढको संख्यामा कमी आएको छ। मृत्युदर घट्नु साथै सामाजिक स्वास्थ्यमा सुधार आउनेको संख्यामा कमी आएको छ। मृत्युदर घट्नु साथै सामाजिक स्वास्थ्य सुधार आउनुको फलस्वरूप विश्वव्यापी रूपमा बेवारिसे र वृद्धहरूमा संख्या बढ्दै गएको छ। यसबाट नेपाल पनि अछूतो छैन। नेपालमा खान, लाउनबाट वञ्चित र अवस्था सुधार गर्न आर्थिक अवस्थाले नेपालको समाजमा अध्ययनको कमी छ। नेपालमा ६० वर्षभन्दा बढी उमेर भएका मानिसलाई वृद्ध भनिन्छ। अनि गाँस, बास, कपास र विभिन्न सहरको क्षेत्रमा गएको मानिसलाई बेवारिसे भनिन्छ।

नेपालको ज्येष्ठ नागरिक ऐन २०६३ अनुसार ६० वर्ष माथिका मानिसलाई ज्येष्ठ नागरिक भनिए पनि उमेर र सेवा सम्बन्धमा नेपालमै केही भिन्नता छन्। यसले पनि केही क्षेत्रको ज्येष्ठ नागरिक रहँदा पनि सेवामा अवसर प्राप्त भएका देखिन्छन् भने केही क्षेत्रमा सेवा निवृत्त हुनेबित्तिकै ज्येष्ठ नागरिक हुने अवस्था प्राप्त भएका देखिन्छन् भने केही क्षेत्रमा सेवानिवृत्त भएको ज्येष्ठ नागरिक हुने अवस्था सिर्जना भएको छ। नेपाल सरकारले निजामती सेवामा ५८ वर्षलाई अवकाशको उमेर मानेको छ। संयुक्त राष्ट्रसंघले पनि ६० वर्ष उमेर पुगेकालाई अवकाश दिने गर्छ। त्रिभुवन विश्वविद्यालयमा ६३ वर्ष र त्यस्तै जिल्ला तथा पुनरावेदन अदालतका न्यायाधीशका लागि ६३ र सर्वाेच्चका न्यायाधीशका लागि ६५ वर्षलाई उमेर हद राखिएको छ।

ज्येष्ठ नागरिक बेवारिसे नागरिक परिवार, समाज तथा राष्ट्रका अमूल्य निधि हुन्। ज्येष्ठ नागरिकका अनुभव, सीप र ज्ञानबाट परिवार, समाज र राष्ट्रले धेरै फाइदा लिन सक्छन्। २०५८ को जनगणनामा कुल जनसंख्याको ६.५ प्रतिशत अथवा झन्डै १५ लाखभन्दा माथि पुगेको छ। यसबाट के पुष्टि हुन्छ भने ज्येष्ठ नागरिकको संख्या बढ्ने क्रममा छ। स्वास्थ्य क्षेत्रमा भएको सुधारका कारण मृत्युदर, बाल मृत्युदर तथा मृत्युदरमा आएको कमी र औसत आयुमा वृद्धि भई आउँदा दिनमा ज्येष्ठ नागरिकको संख्या बढ्ने देखिन्छ।

मुलुकमा सम्पूर्ण आधारभूत आवश्यकताको परिपूर्ति समस्या राज्यले मात्र गर्न सक्दैन। हाम्रो देश विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको अवस्थामा नागरिकका सम्पूर्ण मौलिक हकअधिकार राज्यले मात्र पूरा गर्न सक्दैन। त्यसैले युवा पुस्ताको पनि कर्तव्य हो। हिजोको तुलनामा आज शिक्षा तथा चेतनाले खानपानमा सुधार गर्नुका साथै स्वास्थ्य सेवाको उपलब्धताले औसत आयुमा सुधार आएको छ। परिस्थितिले युवा बिदेसिनु परेका कारण वृद्धवृद्धा बेवारिसे अवस्थामा पनि पुगेका छन्। कष्टकर जीवन भोगिरहेका छन्। अझ केहीले त अनाहक मृत्यु कुर्नुको विकल्प देखेका छैनन्। गर्ने कोही नभएपछि वृद्धवृद्धाको खानपान, सरसफाइ, बसाइ उचित स्वास्थ्यको अभाव, असुरक्षित भएका कारण चिन्तित बन्दै गइरहेको छन्।

वर्तमान आधुनिक समाजको सम्पूर्ण गतिविधि प्रत्यक्ष रूपमा आर्थिक पक्षसँग जोडिएको पाइन्छ। आर्थिक अवस्था कमजोर हुँदा वृद्धाहरूले प्राप्त गर्नुपर्ने स्याहारसुसार, सम्मान र सत्कार प्राप्त गर्न सकेका छैनन्। जबकि भन्नलाई ज्येष्ठ नागरिकलाई परिवार, समाज तथा राष्ट्रका अमूल्य निधि हुन् भनिएको छ। समाज तथा राष्ट्रका अनुभवी वर्ग, पथप्रदर्शक राष्ट्र निर्माणका अग्रणी परिवार, समाज तथा राष्ट्रका संरक्षक बेवारिसे अवस्थामा पुग्नु अत्यन्तै पीडादायी अवस्था हो। उनीहरूको उचित स्याहारसुसार गर्न सके युवालाई शत्मार्गमा डोर्‍याउने काम उनै वृद्धवृद्धाबाट हुनेछ। यसै पनि समस्यामा पर्न नदिनु र सम्मान प्रदान गर्नु हामी सबैको कर्तव्य हो। त्यसमाथि उनीहरूसँग भएको ज्ञान र अनुभव लिनु र अझ अभिलेखीकरण गर्न सक्नु त सुनमा सुगन्ध नै हुनेछ। जैसी, बुद्धभूमि मानवसेवा आश्रम, सुर्खेतका अध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.