राष्ट्रियसभाको अध्यक्ष नछाड्न माओवादीमा दबाब

राष्ट्रियसभाको अध्यक्ष नछाड्न माओवादीमा दबाब

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् । 

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरूले जोड दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकाशं स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यस विषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।

बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका विषयमा पनि सदस्यहरूले चासो राखेको उनले बताए। बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ ।

स्थायी कमिटीमा नेताहरूको कार्यविभाजन,पार्टीको अभियानको समीक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.